Latest Updates :

चारसय प्रहरीको लाइ बेवकुफ बनाइ दिनभरी नै घुमाइ प्रहरीको निद्रा हराम गर्ने यी अच्चमका ब्याक्ति जसले खेले खतरनाक खेल, अब सार्बजनिक मुद्दामा फसे - See more at:


SHARE THIS POST :

नेपालगन्ज, २५ कात्तिक – आफू भारतीय रुपैयाँसहित लुटिएको भन्दै प्रहरी समक्ष झुठो उजुरी दिएर समाजमा भ्रम सिर्जना गरेको भन्दै बाँके प्रहरीले सुर्खेत वीरेन्द्रनगर नगरपालिका–६ का मोहम्मद नियाज अहमद अलि साईलाई नियन्त्रणमा लिएको छ । रुपईडिहाबाट नेपालगन्ज आउने क्रममा जमुनहा–नेपालगन्ज सडक खण्डको महेन्द्र बहुमुखि क्याम्पस अगाडी भारतीय ६ लाख रुपैयाँ लुटिएको जानकारी साईले प्रहरीलाई गराएका थिए ।
भारतको सीमाबर्ती बजार रुपईडिहाबाट लसुन ब्यवसाय गरेर फर्कँदै गर्दा विहीबार विहान साढे ९ बजे क्याम्पस अगाडी आफू लुटिएको अहमदले प्रहरीलाई जानकारी दिएपछि बाँकेमा ४ सय प्रहरी परिचालन गरेर लुटेराको खोजी गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक टेक प्रसाद राईले जानकारी दिए ।
सुरुमा भारतीय ६ लाख रुपैयाँ लुटिएको प्रहरीलाई खवर गरेका साईले केहिबेरमै नेपाली ९ लाख बढि रकम लुटिएको भनेपछि प्रहरीले साईलाई शंकाको घेरामा राखेर अनुसन्धान गरेको राईले बताए ।
टाउको र ढाडमा ब्लेडले काटेर लुटिएको बहाना
साईले आफू लुटिएको बनाउन टाउको र ढाडमा ब्लेडले काटेका छन् । भने, टाउकोमा खुर्सानीको धुलो छरेको उनले बताए । ‘छिन–छिनमा बयान फेरेपछि शंकाको घेरामा राखेर अनुसन्धान गर्दा प्रहरीले गाँठी कुरा पत्ता लगायो,’ प्रहरी प्रमुख राईले भने, बयान फेर्दै गएपछि प्रहरीले लूटमा नाटकीय योजना हुन सक्ने अनुमान गरेर अनुसन्धान अगाडी बढाएको थियो ।’
खुर्सानीको धुला छर्केर लुटपाट गरेको भन्ने बयान पछि प्रहरीले अहमदलाई उपचारका लागि भेरी अंचल अस्पताल लगेको थियो । रुपईडिहाबाट भे १ प ५००७ नं. मोटरसाइकलबाट नेपालगन्ज आउँदै गरेका साईले क्याम्पस अगाडी रहेको अरहर बारीमा गएर ब्लेडले टाउको र ढाडमा काटेको र खुर्सानीको धुलो टाउकोमा छर्केको बताएका छन् ।
साहुको ऋण नतिर्न लुटिएको बहाना
पत्रकार सम्मेलनमा बोल्दै उनले साहुसँग लिएका ऋण तिर्ने समय केहि दिनका लागि सार्न खुर्सानीको धुलो आँखमा छर्केर रकम लुटिएको बहाना गरेको बताए । ‘छोराछोरी र श्रीमतिलाई अलपत्र पारेर मर्न सकिएन, साहुको ऋण नतिर्ने बहाना बनाउन रकम लुटिएको नाटक गरेँ,’ उनले पत्रकार माझ भने, ‘झुठो बोलेर मैले गल्ती गरेँ, मलाई माफ गरिदिनुस् ।’
रुपईडिहाबाट आउने क्रममा मोटरसाइकल विग्रिएको र त्यही समयमा अज्ञात ब्यक्तिले आँखामा खुर्सानीको धुलो छर्केर झोलामा रहेको भारतीय रुपैयाँ लुटेर लगेको बयान प्रहरीलाई दिएको उनले बताए । प्रहरीलाई झुठो बोलेर आफ्नो साहु महाजनको ऋण ढिलो तिर्ने बहाना बनाउने आइडिया कहाँबाट आयो भन्ने पत्रकारको जिज्ञाशामा उनले भने, ‘खै कहाँबाट यस्तो बुद्धि आयो मलाई पनि थाहा छैन ।’
विशेष टोलीसहित ४ सय प्रहरी परिचालन
छिनभरमै ६ लाख भारतीय रुपैयाँ लुटिएको भन्ने सूचना पाउनासाथ बाँके प्रहरीले नेपालगन्मा १५० गरि बाँकेभरका करिव ४ सय प्रहरी परिचालन गरेको थियो । लुटिएको जानकारी पाउनासाथ मुद्धा फाँटका प्रहरी निरीक्षक बीर बहादुर थापाको कमाण्डमा प्रहरी खटाइएको थियो भने अपराध नियन्त्रणका लागि गठन भएको विशेष प्रहरी टोली ‘क्याप’ लाई समेत परिचालन गरिएको प्रहरी प्रमुख राईले बताए । उनले जानकारी पाएको १० मिनेटमै मातहतका सम्पूर्ण प्रहरी परिचालन गरि खोजतलास अभियानका लागि परिचालन भएको बताए । ‘लुटेर भाग्न नपावस भनेर हामीले एकातिर प्रहरी परिचालन ग¥यौँ, अर्कोतिर लुटिएको हो होइन भन्ने बास्तविकता पत्ता लगाउन तर्फ लाग्यौँ,’ उनले भने ।
रुपईडिहा पुगेर अनुसन्धान
रकम लुटिएको प्रहरी समक्ष उजुरी दिएका साईले रुपईडिहास्थित एकता टुर एण्ड ट्राभल्सबाट रकम झिकेको बयान प्रहरी समक्ष दिएपछि प्रहरी निरीक्षक थापाको टोली रुपईडिहा पुगेर समेत अनुसन्धान गरेको थियो । ‘उक्त ट्राभल्समा गएर बुझ्दा रकम झिकेको फेला परेन,’ थापाले भने, ‘साईको बयान नमिलेपछि केरकार गर्दा झुठो ठहरियो, बयानको प्रकृतिको आधारमा प्रहरीले रकम लुटिएको झुठो हो भन्ने ठहर गरिसकेको थियो ।’

सार्वजनिक मुद्धा लगाउने प्रहरीको तयारी
रकम लुटिएको भन्ने झुठो बोलेर दुख दिएको र समाजमा नकारात्मक सन्देश फैलाएको भन्दै प्रहरीले साई बिरुद्ध सार्वजनिक अपराध ऐन अन्तरगत मुद्धा चलाउने भएको छ । साईले प्रहरीलाई मात्र नभई समाजलाई समेत दुख दिएको प्रहरी प्रमुख राईले बताए । उनले साई विरुद्ध सार्वजनिक अन्तरगत मुद्धा चलाउने तयारी भइरहेको बताए । ‘साईले प्रहरीलाई मात्र दुख दिएका छैनन्, सिंगो समाजलाई समेत भ्रम सिर्जना गर्ने र जिल्लामा शान्ति सुरक्षाको अवस्था नाजुक छ, हामी सुरक्षित छैनौँ भन्ने त्रास सिर्जना गरेका छन्,’ प्रहरी प्रमुख राईले भने, ‘सार्वजनिक ऐन अन्तरगत शान्ति सुरक्षामा खलल पु¥याएको अपराधमा मुद्धा दायर हुन्छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv