Latest Updates :

विमान दुर्घटनामा परेका तीन ब्राजिलियन खेलाडी बाँचेको पुष्टी - See more at:


SHARE THIS POST :

एजेन्सी– विमान दुर्घटनामा मारिएका आशंका गरिएका ब्राजिलको ‘ए’ डिभिजन क्लब चापेकोइन्सेका तीन खेलाडीलाई जीवितै उद्धार गरिएको कोलम्बियाली अधिकारीले जानकारी दिएका छन्। जीवित उद्धार गरिएका खेलाडीमा डिफेन्डर एलन रुस्चेल, गोलकिपरद्धय डानिलो पाडिल्हा र ज्याक्सन फोलोमन रहेका छन्।

रुस्चेलको हिप र टाउकोमा चोट लागेको बताइएको छ। उनलाई अस्पतालमा भर्ना गर्ने बेला आफ्नो हराएको विवाहको औंठीका बारेमा अस्पतालका कर्मचारीहरूलाई सोधिरहेका थिए। दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकानो प्रतियोगितामा सहभागी हुन ब्राजिलियन क्लब चापेकोइन्सेकाका खेलाडी बोलिभियाबाट कोलम्बियातर्फ लागेका थिए। क्लबका २२ सदस्यीय खेलाडीले यात्रा गरेको बोलिभियाको ब्रिटिश एरोस्पेस १४६ मोडलको विमान दिउँसो ३ बजे (नेपाली समय) दुर्घटनाग्रस्त भएको थियो। विमानमा खेलाडीसहित ७२ यात्रु र नौ विमान कर्मचारी गरि कूल ८२ जनाले यात्रा गरिरहेका थिए। उद्धारकार्यमा संलग्न स्थानीय प्रहरी अधिकारी जोसे एसभेडोले विमानमा यात्रा गरेका ७५ जनाको निधन भइसकेको पुष्टी गरेका छन्। स्थानीय अधिकारीले चालकको सहासिक कामका कारण विमानमा आगो नलागेको र यसले गर्दा केही यात्रुहरू बच्न सफल भएको बताएका छन्। दुर्घटनाग्रस्त विमान उचाइँबाट भूइँमा झर्ने क्रममा चालकले विमानमा रहेको तेलको ढोका खोलिदिएका थिए। जसका कारण विमान भुइँमा बजारिँदा पनि आगो लागेन बरु दुई टुक्रा भएको थियो।

brazil-plane-crash

कोलम्बियाको विमानस्थलले सार्वजनिक गरेको विज्ञप्तिमा विमान दूर्घटनामा पर्नुमा विद्युतीय उपकरणको गडबडीलाई दोष दिइएको छ। दुर्घटना कोलम्बियाको मेडेलिन शहरको केरो गोर्डेन भन्ने ठाँउको एउटा डाँडोमा भएको थियो। हिमाली क्षेत्र भएका कारण दुर्घटना भएको ठाउँको मौसम खराब भएको बताइएको छ। विमान दूर्घटनाको घटनापछि दक्षिण अमेरिकी फुटबल महासंघले बुधबारदेखि कोलम्बियामा आयोजना हुन लागेको कोपा सुदामेरिकाना प्रतियोगितालाई स्थगित गर्ने निर्णय गरेको छ। यही प्रतियोगितामा सहभागी हुन ब्राजिलको ‘ए’ डिभिजन क्लबमा नवौं स्थानमा रहेको चापेकोइन्से फुटबल टिम स्थानीय स्ट्लेटिको नासियोनलविरूद्ध पहिलो लेगको खेल खेल्न बोलिभियाबाट उडेको थियो।

ब्राजिलको दक्षिणी शहरमा पर्ने चापेकोमा अवस्थित चापेकोइन्से क्लब २०१४ मा ‘ए’ डिभिजन क्लबमा बढुवा भएको थियो। यो क्लब १९७३ मा स्थापना भएको हो भने आर्थिक हैसियतका दृष्टीकोणले ब्राजिलको २१ औ ठूलो क्लबभित्र पर्छ। क्लबको वार्षिक आय १ करोड ३५ लाख अमेरिकी डलर रहेको बताइन्छ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv