Latest Updates :

साहानालाई एसिड छर्ने धम्की !


SHARE THIS POST :

आइतबार राति रियल मड्रिड र बार्सिलोनाको घम्साघम्सी खेल १–१ को बराबरीमा सकिएसँगै सामाजिक सञ्जालमा फ्यानबीच चर्चाचर्की चल्यो । खेललाई नजिकबाट नियालिरहेका एक फ्यानले ‘नमस्ते टिभी शो’की प्रस्तोता साहाना बज्रचार्यलाई आइतबार बिहानसामाजिक सञ्जालमार्फत् एसिड छर्नेसम्मको धम्की दिएका छन् ।  क्रिस्टियानो रोनाल्डोलाई सम्मान नगरेको भन्दै आक्रोसित दाहाल बिवेक नामको फेसबुक आइडी प्रयोगकर्ताले एसिड छर्ने धम्की दिएका हुन् ।
साहानाको फेसबुक स्ट्याटसमा रिप्लाइमा उनले ‘तँलाई पनि एसिड हान्दिउ ?’ सन्देश लेखिएको इमेज पोष्ट गरेका हुन् । ‘नमस्ते टिभी शो’की प्रस्तोता बज्रचार्यले फेसबुकबाट आएको एसिड छर्ने धम्कीलाई स्क्रिन सर्ट लिएर ट्विटरमा पोष्ट गरेकी छिन् ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv