Latest Updates :

गोलकिपर डानिलोले बाँचेको खबर श्रीमतीलाई दिएपछि प्राण त्यागे


SHARE THIS POST :

मार्सेलो डानिलो, ब्राजिलियन क्लब चापाकोइन्सेका ३१ वर्षीय स्टार गोलकिपर। जो दक्षिण अमेरिकाको दोस्रो ठूलो प्रतियोगिता कोपा सुदामेरिकाना खेल्न जाने क्रममा विमान दुर्घटनामा परेका थिए। उनलाई पनि तीन खेलाडीसँगै जीवित उद्दार गरिएको थियो। मेडलिन शहरको ला सेजस्थित एक अस्पतालमा भर्नाका लागि ल्याउँदा उनले आँखा हेरिरहेका थिए।
उनले आफूलाई अस्पतालमा ल्याएपछि ब्राजिलमा रहेकी श्रीमतीलाई फोन गर्दै दुर्घटनाको जानकारी दिएका थिए। उनले अस्पतालको शैयाबाटै फोन गरेर टोलीका अन्य सदस्यको निधन भएपनि आफू जीवित रहेको बताएका थिए। तर, फोन राखेको केही समयपछि उनको पनि निधन भयो। डानिलो एक बच्चाका पिता थिए। क्लबलाई कोपा सुदामेरिकानामा छनोट गराउन उनको योगदान ठूलो थियो। उनी २०१४ देखि क्लबमा आवद्ध भएका थिए। यसबीच उनले क्लबका लागि ६६ खेल खेलेका थिए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv