Latest Updates :

होटल मालिकसहित यौन क्रियाकलापमा संलग्न ७ जना पक्राउ परेपछि…


SHARE THIS POST :

रत्ननगर । चितवनको पर्यटकिय क्षैत्र सौराहाको होटलबाट आपत्तीजनक अवस्थामा ७ जना पक्राउ परेका छन। सौराहाको होटल भिजिट नेपालबाट प्रहरीले आज बेलुका ५ जना युवती र २ जना युवालाई पक्राउ गरेको हो। उनीहरुसँगै प्रहरीले होटलका म्यानेजरलाई समेत नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय टाँडीले जनाएको छ ।
 उक्त होटलमा अनैतिक र गैर कानुनी यौन क्रियाकलाप हुने गरेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय टाँडीको संयुक्त टोलीले छापा मारेको थियो । होटलमा छापा मार्दा उनीहरु आपक्तीजनक अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय टाँडीका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नारायण रन्जीतकारले जानकारी दिए । पक्राउ परेकाहरु व्यवसायिक यौनकर्मी भएको प्रहरीले आशंका गरेको छ । उनीहरुमाथी थप अनुशन्धान भइरहेको उनले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv