अष्ट्रेलियाको ब्यस्त जिबनयापनमा पनि आफुलाई सामुदायिक गतिबिधीमा अग्रसर गर्दै आइरहेका समाजसेबी एबम गीतकार राम रुवालीको शब्द “तिमी फुल बगैचाको म रस खोजी हिंड्ने भमरा” बोलको बिल्कुलै नौलो र नयाँ म्युजिक भिडियोलाई एम.जे.ईन्टरटेन्मेन्ट ले यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरेको छ ।
यस गीतलाई नेपाली सांगीतिक क्षेत्रमा निकै लामो समय काम गरी सकेका र अष्ट्रेलियाबाट सबै भन्दा बढी संगीत भरेका गायक तथा संगीतकार किरण भण्डारीले संगीत भरेका छन साथै संगीत सम्योजन पनि उनै भण्डारीको रहेको छ ।सानै देखी गायनमा रुची राख्ने र सबै बिधाको गीत संगीत गाउन खप्पिस युवा गायक बिकास उप्रेतीको सुमधुर स्वर रहेको छ ।
म्युजिक जोए मिडिया र डाइनामिक मिडियाको संयुक्त ब्यानरमा रहेको उक्त म्युजिक भिडियोमा मनोज बिष्टको निर्देशन रहेको छ भने पुष्प र नम्रताको बेजोड अभिनय रहेको छ । ज्ञानेद्र शर्माको छायांकन्र रहेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन ।
सिड्नीमा रहेको थन्डरस्ट्रोम रेकर्डसमा रेकर्ड गरिएको गीतमा नृत्य निर्देशन सन्तोष राजवाहकको रहेको छ । पछिल्लो समयमा अष्ट्रेलियाबाट नेपाली गीत संगीतको क्षेत्रमा योगदान दिने क्रमको नयाँ कडीका रुपमा राम रुवाली उभिएका छन् । उनले आफ्ना सिर्जनाहरुमार्फत नेपाली गीतसंगीत क्षेत्रलाई अझ बढी सम्बृद्ध तुल्याउने आफ्नो योजना रहेको बताएका छन्
Post a Comment