Latest Updates :

जङ्गली जनावरले खाएको शव फेला


SHARE THIS POST :

बैतडी । जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ ।
मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयो ।

“शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ”, उहाँले भन्नुभयो, “हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ ।”

स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ । चितुवा मार्न परिचालन गरेको टोली पनि मङ्सिर पहिलो साता फर्किसकेको छ । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv