मेष - काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ।
बृष - आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनुका साथै प्रशस्त लाभ मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ।
मिथुन - अवसरका लागि अलि जोखिमपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्यापछि फाइदा हुनेछ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ।
कर्कट - आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। गरेका कामबाट धेरैलाई फाइदा होला। सामाजिक काममा रुचि बढ्नेछ। तर, अरूका काममै समय बित्नाले निजी काम भने पूरा गर्न नसकिएला।
सिंह - सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्।
कन्या - सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। सुखद दाम्पत्यमा रमाउने समय छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला।
तुला - तपाईंका विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला।
बृश्चिक - अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
धनु - हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ।
मकर -काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषिमा लगानी बढ्नेछ।
कुम्भ - विभिन्न अवसर पाइनेछ। तर, समयमा काम सम्पादन नहुनाले अवसर फुत्कने सम्भावना छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला।
मीन - पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विशिष्टजनसँग भेटघाट गर्दै प्रतिष्ठित काम गर्ने मौका छ। विभिन्न उपहार पाइएला। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। नयाँ काम पाइने योग छ।
रासिफलमा जे जस्तो भए पनि ब्यस्त रहनुहोस् ,मस्त रहनुहोस् , स्वस्थ रहनुहोस् धन्यबाद ।
ज्योतिष शिव शंकर भण्डारी फोन ९८४१५६२७७१
Post a Comment