Latest Updates :

ढुक्क हुनुस्, अब लोडसेडिङ तालिका आउँदैन : कुलमान घिसिङ


SHARE THIS POST :

तामसालिङ खबर पुस ५, काठमाडौ : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ... पुस ५, काठमाडौ : कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आपसापका जिल्लामा लोडसेडिङ अन्त्य भयो। तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो। मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न जीतितै छ।

 किनकी १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए। अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ। विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ। फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भनयो भन्ने जिज्ञासा। त्यही जिज्ञासा कार्यकारी निर्देशन घिसिङसँग नयाँ पत्रिकाले गरेको कुराकानीका क्रममा घिसिङले अब लोडसेडिङको तालिका नआउने बताएका छन्। उनले उपभोक्तालाई ढुक्क हुन समेत आग्रह गरेका छन्।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv