Latest Updates :

बौद्ध चौंकीमा आक्रमण,१० प्रहरी घाइते


SHARE THIS POST :

काठमाडौं । बौद्धको जोरपाटीस्थित नयाँबस्तीमा रहेको प्रहरी चौकीमा स्थानीयले आक्रमण गरेका छन् ।

बौद्ध प्रहरीले जानकारी गराएअनुसार आक्रमणबाट १० जनाभन्दा धेरै प्रहरी घाइते भएका छन् । प्रहरीले पक्राउ गरेका ट्याक्सी चालक राजु लामाको मृत्यु भएपछि स्थानीय वासिन्दाले चौकी आक्रमण गरेका हुन ।

मादक पदार्थ सेवन गरी ट्याक्सी चलाएका राजु लामालाई शनिबार बौद्ध प्रहरीले पक्राउ गरेको थियो।

आइतबार करिब ५ सयको संख्यामा गएका स्थानीयवासीले प्रहरी बिटमा आक्रमण गर्दा ५ वटा मोटरसाइकल चलेर नष्ट भएको प्रहरीले बताएको छ। भने दुई तले चौकीसमेत ध्वस्त भएको प्रहरीले जनाएको छ। अझै अन्य विवरण आउँन बाँकी रहेको बताइएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv