प्रकाशित मिति: December 9, 2016 3:19 pm
काठमाडौँ – पछिल्लो पुस्ताकी नायिकाहरू मध्येकी एक हुन् रिस्ता बस्नेत । चलचित्र होस्टेलबाट आफ्नो फिल्मी यात्रा सुरु गरेकी नायिका बस्नेत आजभोली फुर्सदमै छिन् । केही चलचित्रमा अभिनय गरेपनि उनीद्वारा अभिनित एकाध चलचित्रले बाहेक अरुले पानी पनि भन्न पाएनन् । सौगात मल्लको बिगेस्ट फ्यान रहेकी बताउने उनी करिश्मा मानन्धर र प्रियन्का कार्कीलाई आफ्नो आइडल मान्छिन् । कलाकार तथा ब्युटीसियन बिपना बस्नेतको छोरी रिस्ता अभिनय गर्दा आफ्नो रोलमा निकै नै घुल्ने बताउँछिन् । फेवाटाइम्सका लागि नहकुल खड्काले गरेको कुराकानीका क्रममा जुनसुकै फिल्ममा पनि निर्देशक तथा दर्शकलाई रिझाउन आफ्नो जिउ ज्यानै दिन तयार रहेको बताउँछिन् उनी । सानैदेखि नाँच्न तथा अन्य अतिरिक्त क्रियाकलाप गर्न रुचाउने उनीसँग गरिएको कुराकानी हेर्न तल क्लिक गर्नुहोस्
Post a Comment