८ पुस, लिवियाको एक विमान अपरहणमा परेको छ र, माल्टामा अवतरण गराइएको छ । अफ्रिकिया एयरलाइन्सको विमानमा ११८ यात्रु सवार थिए । एयर बस ए ३२० ले लिबिया हवाई क्षेत्रमा रहेको बेला आफ्नो रुट परिर्वतन गरेको थियो । रिपोर्टहरुका अनुसार विमानमा दुई अपहरणकारी छन, जसले बम विस्फोट गराउन धम्की दिएका छन् ।
अफ्रिकिया एयरलाइन्सले पनि विमान अपहरणमा परेको पुष्टि गरेको बीबीसीले जनाएको छ । माल्टाका प्रधानमन्त्री जोसेफ मस्कटले सुरक्षा फोर्स तयारी अवस्थामा रहेको बताएका छन् । माल्टाको विमानस्थलले ट्वीटरमा यसको पुष्टि गरेको छ कि विमानस्थलमा अनाधिकृत व्यवधान उत्पन्न भएको छ । र, आपतकालीन टोली पठाइएको छ ।
Post a Comment