यूएईका नेपाली भेटिने प्रत्येक पार्कमा आजकल जोडी बिनाका नेपालीहरु प्रायः कमै हुन्छन्। हेर्दा विवाहित लाग्ने महिलाहरु पनि खुल्लमखुल्ला अंगालो हालेर गफ छाँट्दै छाडा भइरहेका हुन्छन्।
• “के गर्ने हजुर प्रवासमा आएको ८ वर्ष भयो। जवानी कति सुकाएर बस्ने ? वर्षको १ महिना विदा हुन्छ। नेपाल जाँदा त्यतिकै समय बित्छ। प्रवासमा ‘बाहरवाली’ नबनाए त यो जवानी त्यतिकै खेर जाने भयो नि। बाध्यता,” उनले सुनाए।
• फेसबुकबाट एक जना चितवनका साथीले काठमाडौँकी रैथाने केटीलाई साथी बनाए। घरमा श्रीमती तथा छोरा हुँदाहुँदै पनि उनी ती केटीसँग यति नजिक भए कि कम्पनीबाट १५ दिनको विदा मिलाएर नेपाल गए। आउँदा क्यामेरामा अश्लील फोटाहरु देखाउँदै भने, यसपालिको जस्तो मज्जा कहिल्यै भएन। उनी घर हैन नगरकोटको होटलमा रात बिताएर फर्केका रहेछन्।
• अहिले प्रवासिएका प्रायः नेपालीहरु बाहरवालीको खोजीमा बढी तल्लिन रहन्छन्। वर्ष दिनमा विदामा जानु पर्ने भएतापनि बाहरवालीले मन बुझाएपछि घर फर्कन पनि कतिपयले क्यान्सिल गरेको पनि देखिएको छ।
गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौँ। अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने योजना भयो। संयोगवस ट्याक्सी ड्राइभर नेपाली नै हुनुहुँदो रहेछ। घर बुटवल रहेछ।
‘ए, नेपाली नै हुनुहुँदो रहेछ हजुरहरु नमस्ते’, उनले भने।
Post a Comment