Latest Updates :

आफ्नैले साथ नदिएपछि देउवालाई रुनु न हाँस्नु, यसरी फस्दैछन देउवा, बुटवल काण्ड चर्किने संकेत


SHARE THIS POST :
१८ मंसिर । काठमाडौं
संविधान संसोधन प्रस्ताव संसदमा दर्ता भएदेखि नै ५ नम्बर प्रदेशका पहाडी जिल्लालाई झिकेर ४ मा हाल्ने तयारीसँगै पश्चिमका केही जिल्लामा अहिले विरोध उर्लिएको छ । यस्तो विरोधमा सत्तामैं रहेका कांग्रेस र माओवादी केन्द्रकोसमेत साथ रहेको देखिन्छ । एकातिर सत्तामैं भएर प्रस्ताव दर्ता गर्ने तर, अर्कोतिर पार्टीभित्रै तीव्र विरोध भएपछि संघीय सीमांकनसहित, नागरिकता, भाषा, माथिल्लो सदनमा प्रतिनिधित्वको विषय नै अलमलमा पर्ने देखिएको छ ।

प्रस्ताव लगत्तै गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रुकुममा आन्दोलन भइरहेको छ । शुक्रबार बुटवलमा ५ प्रदेश टुंग्याउन नहुने भन्दै सबै प्रमुख पार्टीले संयुक्त विरोधसभा नै गरे । यो सबै प्रक्रियामा सबैभन्दा अहसहत कोही छ भने त्यो प्रमुख प्रतिपक्षी दल एमाले नै हो । किनकी प्रमुख प्रतिपक्षी भएपछि सरकारी कामको विरोध गर्नु प्रतिपक्षी धर्म नै हो ।
\
तर, सत्तारुढ दलभित्रै नयाँ प्रस्ताव दर्ता भएपछि विरोधमात्र होइन सडकमा निस्केर खुल्ला चुनौति दिने काम भएको छ । संसदको सबैभन्दा ठूलो दल कांग्रेसबाट पनि नवलपरासीदेखि बर्दियासम्मको तराईको मात्र प्रदेश ५ हुन नहुने भन्दै असन्तोष छ । ४ मा हालिएका पहाडी जिल्ला पनि समेट्नुपर्ने उनीहरुको माग छ । यो माग लिएर सबैभन्दा अगाडि सर्नेमा कांग्रेसका पुराना केन्द्रीय सदस्य चन्द्र भण्डारी सबैभन्दा अघि छन् । उनी गुल्मी २ बाट निर्वाचित सांसदसमेत हुन् । एमालेका प्रभावशाली नेता प्रदीप ज्ञवालीले पराजित गर्दै दोस्रो संविधानसभामा उनी गुल्मी २ निर्वाचित भएका थिए ।

सतहमा देखिने भण्डारी एक्लो ठूलो कांग्रेस नेता भएपनि यसमा महामन्त्री डा. शशांक कोइरालादेखि देउवाका अति नै विश्वासमात्र रक्षामन्त्री बालकृष्ण खाणकोसमेत समर्थन रहेको बुझिएको छ । शशांकको चुनाव क्षेत्र नवलपरासी हो भने अर्का नेता खाण रुपन्देहीका हुन् । केही दिन बसेको पदाधिकारी र शीर्ष नेताको बैठकमा पनि सभापति देउवालाई भण्डारीसहित खाणसहित अन्य नेतालाई स्थानीय जनताको जनताको भावना अनुसार पनि ५ बाट पहाडी जिल्ला अलग गर्न नहुने भन्दै सभापति देउवालाई सुझाएका थिए ।

सो क्षेत्रका नेताहरु भण्डारी, खाण, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मानबहादुर विश्वकर्माले खुलेरै नटुक्राउन भने पनि त्यसको भोलिपल्टै सभापति देउवा प्रस्ताव अघि बढाउन तयार भए । देउवालाई तत्काल प्रस्ताव अघि नबढाउन भन्नेमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, महेश आचार्य, डा. शेखर कोइरालासहितका नेताले सुझाव दिए पनि देउवाले टेरेका थिएनन् । किनकी उनलाई जसरी पनि प्रस्ताव अघि बढाउन गृहमन्त्री विमलेन्दै निधि र अर्का मन्त्री रमेश लेखकले साथ दिंदै आएका थिए । यी दुवै मन्त्रीको चुनाव क्षेत्र एउटाको धनुषा र अर्कोको कन्चनपुर हो । त्यसैले आफ्नो क्षेत्र नपरेकोले पनि उनीहरुले प्रस्ताव अघि बढाउनुपर्ने अडान लिएका थिए । स्वयं सभापति देउवा पनि आफ्नो चासो रहेको कैलाली र कन्चनपुरभन्दा बाहेकको क्षेत्र भएकोले ५ बाट केही जिल्ला हटाउन तयार भइ प्रस्ताव अघि बढाए । तर, अहिले एमालेसँगै उभिएर आफ्नै नेता आफ्नै पार्टी अघि सारेको प्रस्तावमा विपक्षी उभिनु र आफू निकटका नेता त्यसको समर्थनमा उभिनुले देउवालाई प्रस्ताव के गर्ने भन्नेमा विषयमा सकस देखिएको छ ।

अझै यसमा प्रष्टै रुपमा नेता रामचन्द्र पौडेलपक्षको साथ र सहयोग पनि देउवाले पाउन सकेनन् । प्रस्ताव तयारकै क्रममा हुँदा बरिष्ठ नेता रामचन्द्र पौडेल प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि साथ लिनुपर्छ भनेर जापान हान्निएका थिए । यो देउवालाई सजिलो र बाटो खुलाउने भन्दा पनि असहयोग हो । पार्टीमा नेताहरुले ५ प्रदेशका केन्द्रीय सदस्य, सांसद र सरोकारवालाहरुसँग कुराकानी गर्न र एमालेको समेत समर्थन खोज्न आग्रह गरे पनि देउवाले यी सबै विषयलाई नजरअन्दाज गर्दै प्रस्ताव अघि बढाएपछि अहिले आफैं फस्न पुगेका हुन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv