Latest Updates :

श्रीमानलाई जेल हालेर ५ बर्षको छोरा बोकी किन भारत पलाएन भईन सिता


SHARE THIS POST :
 नवलपरासी, पुस-१३, सँगै बाच्ने सँगै मर्ने बाचा गर्दै जीवनसाथीका रुपमा रोजेको श्रीमान्ले आफ्नो सुरक्षा गर्छ, हरेक सुख दःखमा साथ दिन्छ, विश्वास गर्छ अनि आफनो भावनालाई बुझिदिन्छ भन्ने विश्वास हरेक नारीले लिएका हुन्छन् । तर नवलपरासीको तिलकपुर गाविसकी सीता गौतमलाई भने श्रीमान् कुन दिन आउने हो र ज्यानै पो लिने हो की ? भन्ने पिरले सधै पिरोलीरहन्छ ।६ वर्षअघि प्रेम विवाह गरेर तिलकपुरमा आउँदा आफ्नो सबै संसार श्रीमान् र घर परिवार हो । माईतीको ईच्छा विपरीत विवाह गरेर माईत जाने बाटो समेत बन्द गरेर आएको छु, अब यही घरमा रमाउनुपर्छ भन्ने उनले सोचेकी थिईन् तर, त्यो एकाएक परिवर्तन भयो ।विवाहको केहि समय पश्चात नै श्रीमानले यातना दिन शुरु गरे । उनलाई विवाह पश्चात मात्रै थाहा भयो कि श्रीमान लागुऔषध सेवन गर्छन् भन्ने । “विहान उठेबाट नसुत्दासम्म लागु औषध सेवनमा तल्लीन हुनुहन्थ्यो कुनै काम पनि गर्नुहुन्नथ्यो र घरमा आएपछि नानाथरी बाहानामा कुट्ने पिट्ने, नानाथरीका लान्छना लगाउने गर्नुहुन्थ्यो ।’ सीताले भनिन् । श्रीमानको यस्तो अवस्था देखेपछि उनी सधै चिन्तित छिन् । “यहाँसम्मकी छोरा पेटमा हुँदा पनि कत्ती दया पनि जागेन उनलाई सधै कुटाई खानुपरथ्यो, बच्चा गर्भ मै मर्छ की भन्ने पिर लाग्थ्यो”–उनले सुनाईन् । उनी थप्दै भनिन् “एक दिन बहिनी आएकी थिई यस्तो अवस्थामा किन कुटपिट गनुृहुन्छ भनेर भिनाजुलाई भन्दा बहिनीलाई पनि कुट्नु भो ।”घरमा सासु ससुरा पनि छोराको कारण भारत गएर बस्न थालेपछि आफूलाई कुट्न श्रीमान्लाई झनै सजिलो भएको बताउँछिन् । “मागी विवाह भएको भए पनि माईतीमा गएर बस्थे, माईतीको गुहार माग्थे तर आफैले रोजेर विवाह गरेको थिए, कसलाई भन्नु सासु ससुराको कुरा पनि श्रीमान्ले सुन्नुहुन्नथ्यो उल्टै पिट्न तम्सिनुहुन्थ्यो त्यसैले हैरान भएर सासु ससुरा पनि भारत गएर बस्नु थाल्नुभयो ।” सीताले भनिन् । ४ वर्षसम्म उनले श्रीमानले दिएको हरेक यातना सहेर बसिन तर, अस्हय भएपछि उनले प्रतिकार गर्न थालिन । गाउँमा आमा समूह तथा महिला अधिकारको क्षेत्रमा काम गर्ने दिदी बहिनीलाई गुहार्न थालिन् । लैङ्गिक हिंसाविरुद्ध काम गर्दै आईरहेको संस्था संकल्पका अभियानकर्ता कलावती पन्तलाई गौतमले सबै कुरा सुनाएपछि पन्तले सबै समाज जुटाएर उनका श्रीमानलाई सम्झाई बुझाई गरे तर, जतिसम्झाए पनि लागेन । ‘२-३ पटकसम्म गाउँका सबै भद्र भलादमी बसेर सम्झायौ तर, उसको बानीमा कुनै परिवर्तन आएन झनै उग्र हुदै गए ।’ पन्तले भनिन् । जति सम्झाए पनि केहि शिप नलागेपछि उसलाई जेल हाल्न बाध्य भएको कलावतीले बताईन । सीताले नै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई थुनामा राखेको छ । ‘श्रीमानलाई नै प्रहरी बोलाएर जेल हाल्न मन कसलाई हुन्छ र तर, रातदिन कतिबेला मरिन्छ भन्ने त्रासमा बाचिरहन पनि सकिन ।’ सीताले भनिन् । अहिले ५ वर्षको छोरालाई लिएर उनी तिलकपुरको घरमा बस्दै आएकी थिईन । सासु ससुराको पनि साथ भएन आम्दानीको श्रोत पनि नहुँदा धेरै समस्याबाट जुध्दै आएकी उनि अहिले भारत पलाएन भएकी हुन् या भारतमै रहेका सासु ससुरा सामु पुगिन हिजो आज एता पनि उनि देखिन्नन्  ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv