काठमाडौं, १९ मंसिर– शनिवार बिहानै मधेसी मोर्चाका नेताहरुलाई दूतावासमा दिवाभोज सहित डाकेर संविधान संशोधनको पक्षमा लाग्न निर्देशन दिएका भारतीय राजदूत रञ्जित रेले शनिवार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाललाई संविधान संशोधन प्रस्तावबाट पछि नहट्न निर्देशन दिएका छन् । आफूहरुको निगाहमा प्रधानमन्त्री बनाइदिएको स्मरण गराउँदै भारतीय राजदूत रेले आफ्नो योजना अनुरुप आएको संशोधन प्रस्तावबाट पछि हटे नराम्रो परिस्थिति उत्पन्न हुने चेतावनी समेत दिएका छन् ।
यसअघि शनिवार बिहान मधेसी मोर्चाका नेताहरुलाई लैनचौरस्थित भारतीय दूतावास बोलाएर राजदूत रेले नेपालबाट तराई अलग्याउने र अंगीकृत नागरिक भर्तीमार्फत भारतको प्रान्तमा नेपाललाई रुपान्तरण गर्ने पहिलो किस्ताका रुपमा आएको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिएका थिए । संविधान संशोधनपछि चुनाव हुने डरमा रहेका मधेसी मोर्चाका नेताहरुलाई अश्वस्त पार्दै रेले संविधान संशोधनपछि चुनाव नगर्न र थप किस्ताका लागि संविधान संशोधनलाई आलोचनात्मक समर्थन गर्न निर्देशन दिएका थिए । रेको निर्देश अनुरुप नै संशोधन प्रस्तावको विपक्षमा रहेको भनिएका मोर्चाका नेताहरुले साँझ बालुवाटार गएर प्रधानमन्त्री दाहाललाई रेको निर्देशन आएकाले आफूहरु सकारात्मक रहेको वताएका थिए ।
संशोधन प्रस्तावबाट यसअघि पछि हटेका प्रधानमन्त्री दाहाललाई गत सोमबार राती भेटेर भारतीय राजदूत रेले जसरी पनि प्रस्ताव दर्ता गर्न निर्देशन दिएका थिए । पार्टी भित्र र देश भित्रैको असन्तुष्टिका बाबजुद दाहालले भारतीय राजदूत रेको निर्देशनमा संविधन संशोधन प्रस्ताव दर्ता गराएका थिए । शनिवार दाहाललाई भेट्न वालुवाटार पुगेका राजदूत रेले मधेसी मोर्चाले मतदान गर्ने र राप्रपालाई पनि आफूले मिलाइदिइसकेको वताउँदै कुनै हालतमा प्रस्ताव फिर्ता नलिन निर्देशन दिएका थिए ।
नेपालको स्वाधीनता र स्वतन्त्रताको प्रयासलाई असफल पार्न भारतले नै बनाइदिएकाले दाहाल नेतृत्वको वर्तमान गठबन्धन यो गठबन्धन सरकारले गर्ने सबैजसो मुख्य कामको निर्देशन गर्ने काम भारतीय राजदूत रेले नै गर्ने गरेका छन् । वर्तमान सत्ता गठबन्धन र मधेसी मोर्चा भारतीय राजदूतकै नीति निर्देशनमा चल्ने गरेकाले संविधान संशोधनका विषयमा यी तीन पक्षबाट फरक फरक अभिब्यक्ति आए पनि मुलधारका मिडिया बाहेक कसैले पनि त्यसलाई आश्चर्यका रुपमा लिन छोडेका छन् ।
दाहाल सरकारले दर्ता गरेको संविधान संशोधन विधेयकलाई समर्थन गर्न नसकिने मधेसी मोर्चाले देखावटी र औपचारिक निर्णय लिएकै दिन चmक्रपथ डटकमले मोर्चाको निर्णयलाई नाटक भन्दै समाचार छापेको थियो, जो अहिले सत्य सावित भएको छ । संविधान संशोधन प्रस्तावलाई पनि पारित गराउने र अर्काे किस्ता विभाजनका लागि आधार तयार गर्ने रणनीति अनुरुप मोर्चाले संशोधनका पक्षमा मतदान गर्ने समाचार चक्रपथले छापेको थियो ।
Post a Comment