काठमाडौं, मंसिर २४ – सुनको भाउ यस वर्षकै सबैभन्दा सस्तो मूल्यमा झरेको छ । शुक्रबार सुन
तोलाको ५३ हजार रुपैयाँमा कारोबार भैरहेको छ । यो बिहीबारको मूल्य भन्दा चार सय
रुपैयाँले सस्तो हो । अमेरिकी डलर मजबुत हुनु तथा सेयरको कारोबारमा सुधार हुँदै जानु सुनको मूल्य घट्नुको मुख्य कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका निर्वतमान अध्यक्ष मणिरत्न शाक्यका अनुसार भारतमा पाँच सय र एक हजारको नोटमा प्रतिबन्ध लागेकाले पनि सुनको भाउ खस्किन थालेको छ ।
भारतको बजारमा सुनको कारोबार प्रभावित हुँदा लगानीकर्ताले अरु क्षेत्रमा लगानी गर्न
थालेका छन् । लगनको बेला र भाउ घटेकाले सुनको माग दिनहुँ बढ्दो छ । अहिले दैनिक ४० किलो
सुनको माग भइरहेको तर १५ किलो मात्रै खरिद गर्न पाउने भएकाले अभाव बढ्दै गएको शाक्यले
बताउनुभयो ।
बजारमा माग अनुसारको सुन नहुँदा तस्करीको सुन कारोबार हुन सक्ने व्यवसायीको आशंका छ ।
१ हजार १५ सय रुपैयाँ बढी तिरेर ग्राहकले सुन किन्न थालेकाले तस्करीको सुन बजार भित्रन सक्ने
आशंका गरिएको हो । यस्तै शुक्रबार चाँदीको भाउ पनि १० रुपैयाँले घटेको छ । चाँदी शक्रबार
तोलोको ७ सय ९० रुपैयाँ छ ।
Post a Comment