Latest Updates :

मेलम्चीको सुरूङ ‘ब्रेक थ्रु’पछि खुसीयाली (फाेटाेफिचर)


SHARE THIS POST :
प्रकाशित मिति: बिहिबार, पौष १४, २०७३ समय - ०:२५:४७   |  29 Dec, 2016

काठमाडौँ  : बहुप्रतिक्षीत मेलम्ची खानेपानी आयोजनाको सुरूङमा ब्रेक थ्रु भएको छ। आयोजना अन्तर्गतको सुरुङको महत्वपूर्ण मानिएको दुई वटा सुरुङ बुधबार जोडिएको छ ।सुन्दरीजलदेखि सिन्धुसम्मको करिब साढे नौ किमीमध्ये खन्ने काम सम्पन्न हुने भएको छ ।

‘सुरुङ खन्ने काममा महत्वपूर्ण उपलब्धी भएको आयोजनाका आयोजना प्रमुख घनश्याम भट्टराईले बताए ।  उनले भने, ‘बुधबारदेखि सुन्दरीजल र सिन्धुबीचको ९.४ किलोमिटर सुरूङ ‘ब्रेक थ्रू’ भएको हो।’ बुधबार दिउँसो साढे तीन बजेको समयमा दुई तिरबाट आएका सुरूङबीच ब्रेक थ्रु भएको हो।



यो नेपालको पहिलो सुरुङ मार्ग समेत हो । साथै, सिन्धुदेखि ग्यालथोक र ग्यालथोकदेखि अम्बास्थानसम्म पनि निर्माण कार्य द्रुतगतिमा भइरहेको छ । मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरूङमा अब साढे ५ किलोमिटर सुरुङ खन्न बाँकी छ।

हेर्नुहाेस्  तस्बिर









SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv