Latest Updates :

चन्द्रमामा पुगेर पिसाब फेर्ने पहिलो व्यक्ति ?


SHARE THIS POST :
सत्यखबर

काठ्माण्डौ २३ मंसिर:
हामी सबैलाई थाहा छ चन्द्रमामा पहिलो पाहिला राख्ने व्यक्ति निल आर्म स्ट्रङ हुन । त्यस्तै चन्द्रमामा पुग्ने दोस्रो व्यक्ति थिए बज एल्ड्रिन । ८६ वर्षीय एल्ड्रिनले आफ्नो अटोबायोग्राफिकल किताब ‘नो ड्रिम इज टू हाइ’ मा एउटा निकै रमाइलो घटना उल्लेख गरेका छन् । एल्ड्रिनले आफूले चन्द्रमामा गएर पिसाब फेर्ने पहिलो व्यक्ति भनी लेखेका छन् । उनी लेख्छन्, ‘निल चन्द्रमामा कदम राख्ने पहिलो व्यक्ति हुन् भने म युरिन ब्ल्याडर खाली (पिसाब फेर्ने) गर्ने पहिलो व्यक्ति हुँ ।’ उनी थप लेख्छन्, ‘निलले एउटा सानो कदम मानिसको लागि उठाए र मानवताको लागि ठूलो कदम । यस्तै गरी मैले मानवको लागि सानो कदम उठाए र मानवताको लागि ठूलो कुराको चुहावट गरें ।’

SHARE ON

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv