वृत्तका अनुसार बुधबार राती कुलेश्वरमा रहेको गणेश मन्दिरमा पन्चनागको मूर्ति चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेकी कुमारी तामाङको कोठाबाट थप १० थान मूर्ति फेला परेको हो । वृत्तका प्रमुख डिएसपी नवराज अधिकारीका अनुसार पक्राउ परेकी तामाङले पुजा गर्न मूर्ति चोरी गरेको बताएपनि कोठामा लुकाएर राखेको अवस्थामा अन्य मूर्ति फेला परेको हो ।
‘पक्राउ ब्यक्ती तेस्रो लिङ्गी भएको र मूर्ति पुजाका लागि चोरेको बताएका छन, हामी थप अनुसन्धान गरिरहेका छौ,’ डिएसपी अधिकारीले भने ।
वृत्तका अनुसार तामाङका साथबाट भगवती, मनकामना, भिमसेन, राधाकृष्ण, बज्र योगिनी, कालिरात, दक्षिणकाली, भैरब र हनुमानका ढुङगा र ढलौटका मूर्ति बरामद भएका हुन ।
Post a Comment