उडी आक्रामणपछि भारत र पाकिस्तानीविच सुरु भएको झगडाका बिच पाकिस्तानी कलाकारहरु मारमा परेको खबरहरु आइरहेका बेला पाकिस्तानी सुन्दरी नायिकाको भाग्य परिक्षा हुने भएको छ ।
ुरईशुबाट डेब्यू गर्न लागेकी माहिराले सो फिल्मका लागि ५० लाख पारिश्रमिक बुझेको तर भारत पाकिस्तान विबादका कारण अब के होला भन्ने तनावका बिच पनि चलचित्रको छायांकन गोप्य स्थानमा धमाधम भइरहेका खबरहरु आइरहेका छन् ।
स्रोतका अनुसार पाकिस्तानी कलाकार अभिनित चलचित्र ‘डीयर जिन्दगी र रइस’लाई कुनै अवरोध नगर्ने एमएनएस पार्टीले बताएको छ । यद्यपी आगामी जनवरीसम्ममा यो लफडा साम्य हुने सोचमा निर्माता तथा नायक साहरुख खान, निर्माता रितेश सिद्धवानी, फरहान अख्तर, निर्देशक राहुल ढोलाकिया रहेका छन् ।
नयाँ नायिका लिँदा फिल्मको बजेट आकाशिने भन्दै जोखिम नै मोलेर चलचित्र यूनिटले यि सुनदरीसँग काम गरिरहेको छ । चलचत्रिमा माहिरा शाहरुखकी श्रीमतीको भूमिकामा छिन् ।
Post a Comment