Latest Updates :

५ नम्बर प्रदेश टुक्र्याउनु पर्छ भन्दै बाबुरामले मधेसी मोर्चासँग गरे संयुक्त संघर्षको प्रस्ताव,अब मधेसी मोर्चा संग मिलेर बाबुरामले आन्दोलन गर्ने ,यस्तो छ तयारी


SHARE THIS POST :

काठमाडौं ३० मङ्सिर – सरकार संविधान संशोधन प्रस्तावबाट पछि हट्न खोजेको भन्दै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संयुक्त संघर्षका लागि मधेसवादी नेतालाई आग्रह गरेका छन् । बबरमहलस्थित एक नेताको घरमा बिहीबार अपराह्न तमलोपा अध्यक्ष महन्थ ठाकुरलगायत नेतालाई भेटेर उनले पुरानै संरचनामा स्थानीय निकाय निर्वाचन घोषणा हुन लागेको भन्दै संघीयता समाप्त गर्ने षड्यन्त्र भइरहेको बताए । त्यसको प्रतिकार गर्न मधेसी मोर्चाका नेतालाई आग्रह पनि गरे ।

‘संशोधन प्रस्ताव अघि नबढ्ने संकेत पाएर मैले तपाईंहरुसँग कुराकानी गर्न खोजेको हुँ,’ भट्टराईको भनाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘मधेस आन्दोलन र माओवादीको संघर्षका कारण संघीयतालगायत पछिल्लो परिवर्तन सम्भव भएको हो । सत्ता पक्ष र प्रतिपक्षीको असावधानीका कारण यो परिवर्तन बिस्तारै अलि अलि गर्दै गुम्दैछ, यस्तो बेला संयुक्त ढंगले विरोध अघि बढाउन मेरो प्रस्ताव छ ।’

भट्टराईपछि बोल्दै तमलोपा अध्यक्ष ठाकुरले आफूले पनि त्यस्तै सुनिरहेको बताएका थिए । उनले राजनीतिक मुद्दा सम्बोधन नभई घोषणा हुने चुनावको मोर्चाले विरोध गर्ने भट्टराईलाई सुनाए । ‘पहिले संविधान संशोधन अनि चुनाव घोषणा गर्नुपर्नेमा सरकारले उल्टो बाटो हिड्न खोजिरहेको आभास भएको छ, पहिले एक पटक प्रचण्डजी र देउवाजीसँग यसबारे स्पष्ट कुराकानी गरौं,’ ठाकुरले भने, ‘त्यसपछि अगाडिको बाटो के गर्ने भन्ने स्पष्ट हुन्छ । हामी त पहिल्यैदेखि आन्दोलनमा छौं । तपाईं पनि आउनुस् ।’

भट्टराईले पुरानै संरचनामा स्थानीय चुनाव गर्ने प्रस्तावको विरोध गर्नुपर्ने प्रस्ताव गर्दा मोर्चा नेताहरुले प्रदेश मातहत स्थानीय संरचना कायम हुने भए सोच्न सकिने टिप्पणी गरेका थिए । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले संविधान संशोधन प्रस्ताव केही परिमार्जनसहित अघि बढाउने प्राथमिकता नै मोर्चाका लागि मूख्य भएको उल्लेख गर्दै त्यसपछि मात्रै सहकार्यबारे सोच्न सकिने बताएका थिए । मोर्चाका तर्फबाट रामसपा महासचिव केशव झा, रामसहाय यादवलगायत नेता भेटमा सहभागी थिए । इकान्तिपुर बाट


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv