Latest Updates :

बिवाह गरेकै दिनदेखि छाेराे बेपत्ता : तिनजना बिरूद्ध प्रहरीमा उजुरी : प्रहरी भन्छ घटना पुरानाे भाे !


SHARE THIS POST :

पत्रकार सम्मेलनमा उपस्थित पिडित अामा इन्दिरा ढकाल र बेपत्ता बनेका छाेरा मनाेज ढकाल इटहरी /हुर्किएकाे छाेराेकाे बिवाह गरी बुहारी भित्र्याउने कुन अामा बाबुकाे सपना हुदैन , बिवाह पश्चात छाेराले अाफनाे कुलकाे बंश बढाउनुकासाथै काखमा नाती नातिना खेलाउने सबै अामा बाबुकाे सपना हुन्छ । तर सुनसरीकाे दुहबी भलुवा ४ निवासी खेमराज ढकालकाे परिवारमा ठिक त्यस्काे बिपरीत भइदियाे । बिवाह गरेकाे दिनदेखी नै अाफ्नाे छाेराे बेपत्ता बनेपछि ढकाल परिवारमा बज्रपात अाइलाग्याे । २०६८ साल बैशाख २३ गते गाउलेहरूकाे उपस्थितीमा दुहबी भलुवा ४ कै शुसिला खडका बिवाह सम्पन्न भएकाे थियाे ।

 असमझदारी बिच जबरजस्ती बिवाह गराइदिएकाे कारण छाेराे मनाेज ढकाल बिवाह गरेकाे दिन देखी बेपत्ता बनेकाे अामा इन्दिरा ढकालले मंगलबार इटहरीमा पत्रकार सम्मेलन गर्दै बताउनुभएकाे छ ।

 छाेराकाे मन्जुरी बिनै स्थानीय अगुवाहरू पाेषराज खनाल , बाबुराम रेग्मी , र धनराज अधिकारीले इलाका प्रहरी कार्यालय दुहबीकाे परिषरमा जबरजस्ती दुहबी भलुवा ४ निवासी शुसीला खडकासंग बिवाह गराइदिएकाे र त्यही दिनदेखी छाेरा बेपत्ता बनेकाे अामा ढकालले बताउनुभयाे । जबरजस्ती बिवाह पश्चात समाजका अगुवा भनाैदा तिनै जनाले याेजनाबद्ध अाफ्नाे छाेरालार्इ गायब बनाएकाे भन्दै पिडित ढकाल परिवारले मंगलबार खनाल , रेग्मी र अधिकारी बिरूद्ध इलाका प्रहरी कार्यालय दुहबीमा उजुरी दिएका छन ।

छाेराे बेपत्ता बनाउने तिनजना बिरूद्ध कडा कार्वाहीकाे माग गर्दै ढकाल परिवारले मंगलबार इप्रका दुहबीमा उजुरी दिएका हुन । दुहबी भलुवाका अगुवाहरू खनाल , रेग्मी र अधिकारीकै मिलेमताेमा छाेराे बेपत्ता बनाइएकाे िपिडित पक्षकाे दाबी छ ।

 यता छाेराे बेपत्ता बनेपछि बुहारी शुसिला माइतीकाे सरणमा बस्दै अाएकाे पिडित ढकालकी अामा इन्दिरा ढकालले बताउनुभयाे । यता घटनाकाे बिषयमा इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक शिव पाेख्रेलसंग सम्पर्क गर्दा उनले घटना धेरै पुरानाे भएकाेले अनुसन्धान गर्न केही कठीनाइ भइरहेकाे र पिडित पक्षले पनि निवेदन ढिलाे दिएकाे बताउदै किटानी जाहेरी भएकाे ब्याक्तीहरूलार्इ झिकाएर अनुसन्धान गरीने र दाेषाी पत्ता लगाइ कानुन अनुसार कार्वाही गरिने बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv