Latest Updates :

नवलपरासीस्थित एमाले पार्टी कार्यालयमा अज्ञात समूहद्वारा आगजनी


SHARE THIS POST :
समाचार
- नवीन पौडेल, नवलपरासी
मंसिर १६, २०७३- नेकपा एमालेको नवलपरासीस्थित पार्टी कार्यालयमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको छ ।

परासीमा रहेको पार्टी कार्यालयमा अज्ञात समूहले पेट्रोल छर्कीएर आगजनी गरेको नेकपा एमाले परासीका संयोजक तुल्सी पासीले जानकारी दिए । आगोलागिबाट भवनको भुईंतलाको झ्याल डढेको छ भने झ्यालका सिसा फुटेका छन् । च्यानल गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ ।

स्थानीयले राति आगो लागेको देखेपछि निभाएको कारण क्षती कम भएको छ । रातको समयमा आगलागी गरिएकाले कसले र किन आगो लगायो भन्ने बारेमा एकिन नभएको पासीको भनाई छ । सरकारले दर्ता गरेको संविधान संसोधनको विरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने संयोजक पासीले बताए ।

नवलपरासीमा एमालेको पार्टी कार्यालयमा आगजनी र तोडफोड गरिएको यो तेस्रोपटक हो । यसअघि पनि गत वर्ष मधेस आन्दोलन तथा अखण्ड नवलपरासी आन्दोलनको समयमा कार्यालयमा तोडफोड भएको थियो भने २०६७ बैशाख १० गते माओवादीका कार्यकर्ताले आगो लगाएका थिए ।

एमालेको लोकप्रियता बढेर गएको देखेर आतंकित भएका समूहले आगजनी गरेको हुनसक्ने भन्दै नेकपा एमालेका केन्द्रीय सदस्य एवं नवलपरासी इन्चार्ज तिलक महतले घटनाको घोर भत्र्सना गर्दै दोषि पत्ता लगाई कारवाही गर्न नेपाल सरकार र स्थानीय प्रसासनसँग माग गरेका छन् । प्रहरीले घटनामा संलग्नको खोजी भइरहेको जनाएको छ ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv