Latest Updates :

सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न नपर्ने ,,अनलाइनबाटै लाइसेन्सको लागि फारम भर्न सकिने


SHARE THIS POST :

कठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स)का लागि अब रातिदेखि नै लाइन बस्न नपर्ने भएको छ । यातायात व्यवस्था विभागले सोमबारदेखि अनलाइनमै फारम भर्ने सुविधा ल्याएको छ ।सुरुवातमा यो सेवा काठमाडौं उपत्यकामा मात्र लागू हुनेछ । विभागका अनुसार फारम त देशभरीबाटै भर्न सकिनेछ । तर, अनलाइन फारम भनेकाहरुको लिखित परीक्षादेखि ट्रायल सबै काठमाडौंमै हुनेछ ।
विभागले अनलाइन लाइसेन्स फारम र सवारी रजिष्ट्रेशन सिस्टमलाई तयार पारेको धेरै भएको थियो । तर, सेवा सुरु गरेको थिएन । जसका कारण लाइसेन्सका लागि फारम भर्न घन्टौंसम्म लाइनमा बस्नु परेको थियो ।मनिसहरु विभागको कार्यालय एकान्तकुनामा लाइसेन्स फारम बुझाउन एकै दिन ५ हजार जनाभन्दा बढी लाइनमा बस्थे । तर, विभागले दिनमा ८ सयसम्म लाइसेन्स मात्र फारम बुझ्ने गरेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv