Latest Updates :

छविलाई सन्तान सुःख नदिएकी रेखाको आमा बन्ने रहर……..


SHARE THIS POST :

एक दशक लामो रेखा थापा र छवि ओझाबीचको सम्बन्ध कहिल्यै सौहार्दपूर्ण रहेन ।आफूले ड्याडीको नाता लगाउदै आएकी छवि ओझासँगको सम्बन्ध अदालतबाटै टुंगाएर हाल रेखा थापा र छवि ओझा एक्ला एक्लै बस्दै आएका छन ।  एक दशकको यात्रा अदालती प्रक्रियाबाट हाल छुट्टा छसुट्टै बस्दै आएका छवि गौरीघाटमा बस्दै आएका छन भने, चावहिलस्थित अम्बे अर्पाटमेन्टमा  आमा सरस्वती थापाको साथमा  नायिका रेखा थापा रहँदै  बस्दै आएकी छिन ।

एक दशकसम्म सँगै रहँदा नाकिा रेखा थापामा सन्तान जन्माउने चाहना कहिल्यै रहेन । जुन विषय केही समय अगाडि उनकै पूर्वपति निर्माता छवि ओझाले  एक पत्रिकासँग अन्र्तवार्ता दिँदै भनेका थिए ‘रेखाले सन्तान जन्माउन नै चाहिँनन ।’

छविसँग विछोडिएकसँगै रेखा थापालाई आमा बन्ने रहर पलाएर आएको छ । जुन चाहना उनले आज दाङमा पुगेर प्रकट गरेकीछिन । हालै मात्र राप्रपा पार्टीमा प्रवेश गरेसँगै पार्टीको प्रचार प्रसारको सिलसिलामा दाङको घोराहीमा पुगेकी थापाले पत्रकारहरुसँगको भेटघाटमा अब बिवाह गर्ने समय भएकाले मिल्यो भने केही वर्षमै बैवाहिक जीवनमा बाँधिने बताएकी थिइन् । उनले थपिन् ‘जो पनि महिलालाई आमा बन्न रहर हुन्छ यो स्वभाविक हो ।
त्यस्तै फिल्ममा मात्रै नायिका भएकी रेखाले अब राजनीतिक नायिका बन्ने बताएकी छिन् । ‘म फिल्मको नायिका थिएँ अब राजनीतिको पनि नायिका बन्दैछु । साथै उनले नीतिनिर्माणको भूमिका खेल्न राजनीतिमा आएको बताईन् ।
महिलाहरुले गर्ने गरेका कानुनी र नीतिगत प्रश्नले आफूलाई आफुलाई राजनीतिमा होमिनु परेको नायिका थापाले बताइन् ।
चलचित्र मार्फत नायिका बनेर महिलाका मुद्दाहरु उठाउन नसकिने भन्दै उनले राजनीतिक नायिका बन्ने उद्घोष गरिन् ।’


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv