Latest Updates :

‘ओभरटेक’ गर्दा त्रिसुलीमा खसेका थिए पूर्व गृहमन्त्री घिमिरे : छानविन समिति


SHARE THIS POST :

काठमाडौं, २४ मंसिर । पूर्व गृहमन्त्री माधव घिमिरे जीप दुर्घटनामा परी बेपत्ता भएको घटनाका सम्बन्धमा छानविन गर्न गठन भएको छानविन समितिले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समक्ष प्रतिवेदन बुझाएको छ।

पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह रानाको संयोजकत्वमा गठित छानविन समितिले बिहीबार गृह मन्त्रालयमा एक समारोहकाबीच आफ्नो प्रतिवेदन गृहमन्त्री निधिलाई बुझाएको हो। गत असोज ९ गते पोखराबाट काठमाडौं फर्कने क्रममा पूर्व गृहमन्त्री घिमिरे चढेको गाडी चितवनको दारेचोक नजिक घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो।

छानविन समितिले बुझाएको प्रतिबेदनमा सो दुर्घटना आपराधिक उद्देश्यले नभएको र दुर्घटना भएका बेला गाडी पूर्वमन्त्री घिमिरेले नै चलाएको पनि उल्लेख छ। ट्रकलाई ओभरटेक गर्ने क्रममा गाडी अनियन्त्रित भई दुर्घटना भएको समितिको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन बुझ्दै उपप्रधानमन्त्री निधिले प्रतिवेदन कार्यान्वयन गर्न सरकार लागि पर्ने बताएको उनका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए।

उक्त समितिलाई धादिङको मार्पाकमा भएको बस दुर्घटनाको समेत छानविनको जिम्मेवारी दिइएको थियो। समितिले सो बस दुर्घटनाको प्रतिवेदन पनि उपप्रधान एंव गृहमन्त्री बिमलेन्द्र निधिलाई बुझाएको छ। अन्नपूर्ण पाेष्टबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv