Latest Updates :

सलमानकी गर्लफ्रेण्ड लुलिया भन्छिन् करीना र प्रियंकाका लागि गाउन चाहन्छु -


SHARE THIS POST :

एजेन्सी  । प्राय: सलमान र उनका परिवारसँग देखा पर्ने लुलीया वन्तुर अहिले चर्चामा छिन् । सधैँ सलमानसँग नाम जोडिएर चर्चामा आउने लुलीया हाल चर्चामा आउनुको कारण हो एक गीत ।

उनले हालैमात्र हिमेश रेशमीयाको एल्बम आप से मौसममा समावेश एक गीत रेकर्ड गराएकी छिन् । यहि मेसोमा हामीले गीत लन्चिङ कार्यक्रममा पुगेकी लुलीयासँग एजेन्सीले गरेकोे कुराकानी जस्ताको तस्तै प्रस्तुत गरेका छौँ ।

बलिउडमा तपाईँ कुन अभिनेत्रीको लागि गाउन चाहनुहुन्छ ?
अहिले भन्न त सकिन्न,तर म प्रियंका चोपडा र करीना कपूर खानको लागि गाउन चाहन्छु ।

तपाईँको विचारमा सलमान खान कस्तो गायक ?
सलमान निकै नै जुनुनका साथ गीत गाउँछन् ।

भारतमा करिअरको भविष्य कस्तो देख्नुहुन्छ ?
थाहा छैन तर पनि म काम गरिरहेकी छु । कुनै योजना छैन । सबै कुरा आफ्नै गतीमा अघि बढिरहेको छ । भारतमा रहेर म अभिनय त गर्दिन तर गाउन भने अवश्य गाउनेछु ।

तपाईँले पहिलो पटक सलमानलाई कहिले भेट्नु भएको हो ?
आज भन्दा पाँच बर्ष पहिले म होलिडेमा जब भारत आकी थिएँँ त्यस बखत भेटेकी हुँ ।

तपाईँलाई सलमान र आफूमा तुलना गर्दा को राम्रो गायक जस्तो लाग्छ ?
मलाई सलमान नै राम्रो गायक लाग्छ । उनी निकै रहर र भित्री मन देखि गाउँछन् । उनमा संगीतको जुनुन छ ।

तपाईँलाई मन पर्ने गायक को हुन् ?
हिमेश रेशमीया । उनको आवाज निकै राम्रो लाग्छ ।

भारत र रोमानियाको संगीतमा के फरक पाउनुहुन्छ ?
मलाई लाग्छ भारतको संगीतले धेरै खुसी दिन्छ ।

तपाईँ भारतमा कसरी सेटल हुन चाहनुहुन्छ ?
म रोमानियामा पनि गाउन चाहन्छु, यहाँ मात्रै हैन । कसरी सेटल भईन्छ त्यो त भविष्यमै थाहा हुने कुरा हो । मलाई लाग्छ भगवानसँग मेरो लागि कुनै राम्रो योजना छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv