Latest Updates :

हत्या गर्दा सरकारले दिन्छ १० हजार रुपैयाँ, यस्तो भयानक छ यहाँको >>>>>.


SHARE THIS POST :

फिलिन्सिमा राष्ट्रपति रोड्रिगो ड्यूट्रेटले पुलिसदेखि साधारण मानिससम्म लागु औषध कारोबारीलाई खुल्ला रुपमा हत्या गर्ने छुट दिएका छन् । यहाँ लागुऔषध कारोबारीलाई हत्या गर्दा १०० डलर अर्थात् १० हजार ८ सय रुपैयाँ दिइन्छ । फलस्वरुपः जुलाइदेखि अहिलेसम्म ६ हजारभन्दा बढि संदिग्ध ड्रग माफिय मारिएका छन् ।

यस्तै, ७० हजारभन्दा बढिले आत्मसमर्पण गरेका छन् । तर यहाँ दैनिक हत्या हुन्छ । संयुक्त राष्ट्रले यसलाई मानव अधिकार हननको मुद्दा बताइरहेको छ । तर, पहिलो पटक यहाँका मानिसहरुले राष्ट्रपतिको निर्णयमा प्रतिक्रिया दिन थालेका छन् । लागुऔषधसँग जुधिरहेको देशलाई स्वतन्त्र बनाउनका लागि रोड्रिगोले राष्ट्रपति बने लगत्तै भनेका थिए, ‘जबसम्म अन्तिम ड्रग माफिया र फाइनेन्सर पक्राउ पर्दैनन् तबसम्म यहाँको लडाईं जारी रहनेछ ।’

टोंडो जिल्लामा बस्ने रोसालिना पेरेज भन्छिन्, ‘सरकारको निर्णय ठिक छ तर यसका कारण निर्दोष मानिसहरुको पनि ज्यान गइरहेको छ । हत्या गर्नुभन्दा पहिले सोधपुछ गर्नुपर्छ । यसको आडमा मानिसहरुले आफ्नो दुश्मनलाई पनि निशाना बनाइरहेका छन्, जुन गलत हो ।

क्वेजन सिटीको स्लम एरियामा बस्ने ३६ वर्षीया वेंग रुदा भन्छिन्, ‘सरकारको निर्णय नराम्रो छैन । तर यसको असर बच्चामा परिरहेको छ । थुप्रै अभिभावक डरका कारण आफ्नो धरबाट निस्कँदैनन् र बच्चाहरु एक्लै पनि स्कूल जानुपर्ने हुन्छ । यसका  साथै उनीहरुले बिच सडकमा नै धेरैजसो शव देख्ने गर्दछन् जसका कारण उनीहरु डराउँछन् ।’

पुलिस अफिसर रोनाल्डो डेविडका अनुसार, ‘सरकारको यो निर्णय पछि पुलिस स्टेशनमा निकै थोरै आपराधिक घटना दर्ता भइरहेको छन् । जसका कारण मैले आफ्नो इलाकाका गरिब बच्चाहरुलाई पढाउने र अन्य मानिसहरुलाई जागरुक बनाउनका लागि समय पाइरहेको छु ।’

नावोतास सिटीमा बस्ने र कफिन बनाउने ओरली फर्नान्डेज सरकारको यो निर्णयसँग सहमत छन् । यसका साथै उनको कमाई पनि बढेको छ । पहिले दैनिक उनलाई मुश्किलले एउटा कफिन बनाउने अर्डर आउँथ्यो भने अहिले दिनको तीन–चारवटा कफिन बनाउने अर्डर आउने उनले बताए ।

मनिलामा रेष्टुरेन्ट चलाउने फेलिसिदाद मागदायो भन्छिन्, ‘व्यापारमा यसले असर पुर्याएको छ । किनभने मानिसहरु डरका कारण घरबाट निस्किरहेका छैनन् । पहिलाको तुलनामा यहाँ निकै कम मानिस आइरहेका छन् । तर यो राम्रो कुरा हो कि लागुऔषध कारोबारी र दुव्र्यवसनी कम भइरहेका छन् । ’

क्याथोलिक प्रिस्ट र पूर्व लागुऔषध दुर्व्यवसनी बबी डेला क्रुज भन्छन्, ‘म सरकारको निर्णय विपरित छैन । तर म यो भन्न चाहन्छु कि लागुऔषध दुर्व्यवसनी आफ्नै जिन्दगीसँग पनि लडिरहेका हुन्छन् । उनीहरुलाई मार्नुभन्दा सही बाटोमा ल्याउनु बुद्धिमता हुन्छ । हामीले उनीहरुको मद्दत गर्नुपर्छ ।’


क्वेजन सिटीमा बस्ने विद्यार्थी किमी एनसिसोका भन्छन्, ‘हाम्रो राष्ट्रपतिको निर्णय सहि हो । उनको यो निर्णयले आउँदो पुस्ताका लागि फाइदाजनक हुनेछ । लागुऔषधबाट छुटकारा पाएपछि अपराधमा पनि कमी आइरहेको छ ।’

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv