Latest Updates :

होसियार कतै तपाईको टोल छिमेकी तिर पनि यिनीहरु आएको त छैन ? भारतमा काम लगाइदिने भन्दै मिर्गौला तस्करीमा संलग्न तीन पक्राउ (भिडियाे)


SHARE THIS POST :

काठमाडौं– मानव अंग मिर्गाैला तस्करीमा संलग्न गिरोहका ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा काठमाडौंको बौद्ध नयाँबस्ती बस्दै आएका महादेवस्थान–७ काभ्रेपलाञ्चोकका ४४ वर्षीय बिुनबहादुर तिमल्सिना, भक्तपुर कमल विनायक बस्दै आएका भिमेश्वर–५ दोलखाका ४७ वर्षीय प्रकाश बस्नेत र पोखरा बस्दै आएका दाङसिङ–५ कास्कीका ३६ वर्षीय भिमप्रसाद न्यौपाने रहेका छन्। उनीहरुलाई काठमाडौंका फरक फरक स्थान र पोखराबाट पुस ६ गते पक्राउ गरी मानव बेचविखन तथा ओसारपसार मुद्दामा अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको महानगरीय अपराध महाशाखा काठमाडौंले जनाएको छ।

पक्राउ परेका तीनसहित पाँच जना मिलेर मिर्गाैला बेचविखनको काम गरेको प्रहरीले जनाएको छ। उनीहरुले जागिर लगाइदिने प्रलोभनमा विभिन्न व्यक्तिलाई भारतका विभिन्न स्थानमा लगी बेहोस बनाई मानव अंग मिर्गौला निकाली बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ। काठमाडौंमा बसेर अभियुक्त तिमल्सिना र बस्नेतले मिर्गौलाका ग्राहक खोज्ने र न्यौपानेसमेत तीनै जना मिलेर देशका विभिन्न स्थानबाट जागिर लगाइदिने प्रलोभन देखाई भारतमा जागिर लगाइदिने भन्दै काठमाडौं ल्याउने गरेको प्रहरी जनाएको छ।

उनीहरुले भारतमा कामका लागि भन्दै त्यत्स्ता व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरी ब्लड ग्रुप पत्ता लगाउने गरेको खुलेको छ। यसै क्रममा गत साउनमा गोरखा मुचो–९ का १९ वर्षीय दीपक नेपालीलाई राम्रो जागिर लगाइदिने भन्दै काठमाडौंको गौशालामा ल्याई विनुबहादुर तिमल्सिनासँग भेट गराएको समेत खुलेको प्रहरीले जनाएको छ। साेही गिराेहले मिर्गाैला तस्करीका लागि तत्काल अरू दुर्इ व्यक्तिकाे खाेजी गरिरहेकाे खुलेकाे पनि प्रहरीले जनाएकाे छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv