Latest Updates :

सरकारद्वारा एउटा मुसा समाउनेलाई डेढ सय रुपैयाँ पुरस्कार !


SHARE THIS POST :
सत्यखबर


काठ्माण्डौ १५ पौष:
मुसा समाएबापत तपाइँले सायद कहिल्यै पनि पुरस्कार पाउनु भएको छैन । तर इण्डोनेसियामा भने अब जनताले मुसा समाएबापत पुरस्कार पाउने भएका छन, त्यो पनि सरकारको तर्फबाट । मुसाका कारण दिक्क बनेको इण्डोनेसियाको राजधानी जकार्तामा मुसाको समस्या निवारणका लागि सरकारले अनौठो उपाय अपनाएको छ । जसअनुसार सरकारले मुसा समाउने मानिसलाई पुरस्कार दिनेछ । सरकारका अनुसार एउटा मुसा समाएबापत २ हजार रुपिया प्रदान गरिनेछ ।

उक्त रकम भनेको नेपाली रुपैयाँमा डेढ सय भन्दा बढी हो । मानिसहरुले जिउँदो वा मारेर जसरी पनि मुसा समाउँदा पुरस्कार पाउनेछन । तर मुसा मार्नका लागि बन्दुकको प्रयोग गर्न भने पाइनेछैन । जिउँदो वा मरेको मुसा सरकारी निकायमा लगेर बुझाएपछि तत्कालै त्यसबापत नगद पुरस्कार प्राप्त गर्न सकिनेछ । यो अभियानले जकार्ता सहरलाई मुसामुक्त बनाउनेछ र सहरलाई सफा बनाउनेछ । जकार्ताका उपगभर्नर जेरोट सेफुल हिदायतले सहरमा निकै मुसाका कारण हैरानी बढेको बताए । मुसाले आफैलाई दिक्क पारेको घटनापछि सहरलाई मुसामुक्त बनाउने अभियानका बारेमा आफुलाई आइडिया फुरेको उनी बताउँछन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv