Latest Updates :

सांसदको घर भित्रै पसेर आक्रमण, सांसद सहित ११ जना मारिए .....


SHARE THIS POST :

काबुल, ७ पुस । अफगानिस्तानको राजधानी काबुलमा एक जना सांसदको घरमा बुधबार बेलुका भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेकोे छ । बुधबार बेलुका दक्षिणी हेल्मन्ड प्रान्तका सांसद मिर वालीको घर खोशाल मिनामा आक्रमण भएको थियो । आक्रमणकारीहरु मध्ये दुई जना बन्दुकधारी घर भित्रै पसेर आक्रमण गरेको प्रहरी अधिकारीले जनाएका छन् ।

“सांसदको घरमा आक्रमण गरेका आक्रमणकारी विरुद्ध सुरक्षाकर्मीद्वारा गरिएको कारबाहीमा बिहीबार विहान दुई जना आतंककारीको मृत्यु भएको छ,” एक प्रहरीले सिन्ह्वा न्युज एजेन्सीसँग बताए ।

मारिने मध्ये दुई जना सांसदका नाती रहेका ती अधिकारीले बताए । प्रत्यक्षदर्शीले रातभरीमा पटक पटक विस्फोट भएको र तीन पटक निकै ठुला आवाजसहित विस्फोट भएको जानकारी दिए । दुई स्थानीय बृद्ध, एउटा बच्चा र दुई जना सांसदको घरको सुरक्षाकर्मी (गार्ड) पनि घटनामा मारिएका छन् ।

सांसद मिर वाली सहित घाइते भएका सात जना खतरामुक्त रहेको अस्पतालले श्रोतले जनाएको छ । आक्रमणको तालिवानले जिम्मा लिएको छ । तालीवान लडाकुहरुले अप्रिलदेखि सरकार विरोधि गतिविधिलाई बढाएका भएपनि उनीहरूको आक्रमणमा सर्वसाधारणको समेत मृत्यु हुने गरेको भेटिएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv