Latest Updates :

रामदेवको हृदयघातका कारण मृत्यु ! थाहा पाउनुस् यो भाइरल खबरको वास्तविकता


SHARE THIS POST :
पुस १४  |   एजेन्सी
योगगुरु रामदेवको मृत्युको खबर पछिल्ला दिनमा सोसल मिडियादेखि वाट्सएपमा निकै सेयर भयो । खबरका अनुसार रामदेव बैंकको लाइनमा बसेका बेला अचानक हृदयघात हुँदा मृत्यु भएको हो ।

यति मात्र होइन, उनका दुई फोटो पनि निकै भाइरल भए । अन्त्यमा, रामदेव आफूले नै आफ्नो मृत्युको खबर झुट भएको पुष्टि गरे ।  उनले सोसल मिडियामा लेखे, ‘यो खबर झुटो हो र मलाई कहिले पनि यस्तो रोग लागेको छैन । म योगमार्फत लामो जीवन बाँचिरहेको छु ।’
एम्बुलेन्समा लैंजादै गरिएको छ ।



– यस्तै अर्को फोटोमा उनी स्ट्रेचरमा सुतिरहेका छन् र उनलाई अस्पताल पुर्याइएको छ ।
– एक न्यूज च्यानलसँग कुराकानी गर्दै बाबा रामदेवले आफ्नो मृत्युको खबर भाइरल हुँदा चकित भएको बताए । उनले खबरको खण्डन गर्दै भने, ‘तपाईंहरु आफैं देख्नसक्नुहुन्छ– म यहाँ मज्जाले उभिएको छु । जिउँदो छु , यो मेरो भूत होइन ।’


– रामदेवका अनुसार उनको कुनै बैंक खाता छैन । म जहाँ जान्छु त्यहाँ म खाने बस्ने व्यवस्था मिलाइएको हुन्छ ।
‘मलाई पैसाको कमी छैन, त्यसकारण म किन बैंकको लाइनमा बस्थें र ?’

‘मैले थुप्रै मानिसलाई हृदयघातबाट बचाएँ ’


– उनी भन्छन्, ‘मानिसहरुले सबैभन्दा पहिले म बेहोस भएको र त्यसपछि मेरो हृदयघातका कारण मृत्यु भएको बताए । जबकी वास्तविकता यो हो कि हामीले योगको माध्यमबाट हज्जारौं मानिसलाई हृदयघातबाट बचाएका छौं ।’

– ‘म पूर्ण रुपमा स्वस्थ छु । त्यसकारण यो खबर पूर्ण रुपमा बकवास हो,’ उनले भने ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv