Latest Updates :

भारतको डिजाइनमा संविधान संशोधन, तराई क्षेत्रमा रहेका अपार स्रोत र साधनमा भारतीय आँखा : मुलुक विघटनतिर जाने


SHARE THIS POST :
लाइट नेपाल मिति : Thursday, December 1st, 2016

काठमाडौं, १६ मंसिर । सिंगो मुलुकलाई विघटन गरेर भारतको चाहनामा प्रचण्ड सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएपछि मुलुक निकै डरलाग्दो संकटमा परेको छ । भारतको लामो समयदेखिको ‘इन्टे«स्ट’ पहाडबाट तराईलाई अलग गरेर आफ्नो अनुकूल बनाउने थियो । जुन संविधान संशोधनमा ५ नंम्बर प्रदेशमा रहेका जिल्लालाई तराईमा राख्नेगरी ४ नंम्बरमा राखेपछि सिंगो नेपाली स्तव्ध भएका छन् ।

तराई क्षेत्रमा रहेका अपार स्रोत र साधनमा भारतीय आँखा धेरै पहिलेदेखि गडेको हो । त्यसलाई अब आफ्नो पोल्टामा पार्न भारतीयहरु सफल हुनेछन् ।

मधेशमा रहेका त्यसमा खासगरी भारतीय निकट रहेका केही एलिटहरुलाई आफ्नो दलाल बनाएर सिंगो तराईलाई आफ्नो देशमा गाँभ्ने भारतको रणनीतिक लक्ष्य अब पूरा हुने ढोका खुलेको छ ।
यसका लागि भारतीय गुप्तचर संस्था ‘रअ’ले सुरुदेखि तराई अलग गर्न चालेका कदमहरु धेरै नेपालीका लागि ज्ञात भएको कुरा हो । अहिले पनि ‘रअ’ले देशका मुख्य मुख्य नेताहरुलाई भेटेर संविधान संशोधनमा दबाब सिर्जना गर्न खेलेको उच्च स्रोतको भनाई छ । स्मरणरहोस् संशोधन संशोधनको प्रस्तावअनुसार ५ नम्बर प्रदेशबाट रोल्पा, प्युठान, अर्घाखाचीलगायत अरु पहाडी जिल्लालाई ४ नम्बरमा राखेपछि यी जिल्लामा स्थानायीहरु सडकमा निस्केका छन् । भारतीय चाहनामा प्रचण्ड सरकारले लिएको संशोधन प्रस्ताव फिर्ता नहुञ्जेलसम्म स्थानीयहरु घर फर्कन संभावना देखिदैन ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv