Latest Updates :

लौननी के भयो भर्खरै पाल्पामा डरलाग्दो दुर्घटना ....


SHARE THIS POST :

११ जना यात्रु लिएर हिडेको लु १ ज २४४८ नम्बरको उक्त माइक्रो तिब्र गतिमा रहेको र गति नियन्त्रण गर्न नसक्दा भित्तामा ठोक्किन गइ दुर्घटना भएको थियो। पाल्पा जिल्ला प्रहरी कार्यालय का प्रमुख एसपी हरि राज वाग्लेका अनुसार घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको र बाँकि सामान्य घाइते रहेका छन्।
 ३ जना गम्भीर घाइते मध्ये २ जनाको नाम खुलेको र एकजना को खुल्न नसकेको प्रहरी प्रमुख वाग्लेले जानकारी दिनु भयो। उनका अनुसार २ जना नाम खुलेका गम्भीर घाइते मध्य गुल्मी धुर्कोट रजस्थल – ४ का ३२ बर्षीय प्रकाश कार्की र मुसिकोट का ५२ बर्षीय बसन्त कार्की रहेका छन्। उनीहरुको खुट्टामा र टाउकोमा चोट लागेका कारण केहि बेर अघि मात्र पाल्पा प्रबासको लुम्बिनी मेडिकल कलेज मा भर्ना गरिएको छ।
महेन्द्र उच्च माध्यमिक बिद्यालय वामिका प्राचार्य भिमलाल सापकोटा पनि उक्त दुर्घटना मा परेको स्थानीय ले बताए पनि घाइते बोल्न नसक्ने अबस्थामा रहेको भन्दै प्रहरीले नाम खुलाउन सकेको छैन। घाइते अन्य ८ जना सामान्य रहेको प्रहरीले बताएको छ

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv