Latest Updates :

‘महामाया श्री पाथिभरामाईको संक्षिप्त महिमा, महात्म्य एवम् दर्शन’


SHARE THIS POST :

याे प्रसिद्द स्वयम्भूपिठ नेपालकाे मेची अञ्चल, ताप्लेजुङ जिल्ला, तापेथाेक गाविस वडा नम्वर ९ मा अवस्थित पाथिभरा डाँडामा रहेकाे छ । समुद्र सतहबाट १२६४६ फिट (३७९४ मिटर) उचाईमा रहेकाे याे स्वयम्भूपीठ ताप्लेजुङ जिल्लाकाे सदरमुकाम फुङ्लिङ बजारबाट १९.४ किलाेमिटर पूर्वाेत्तर काेणमा रहेकाे छ । सामान्य हिँडार्इमा याे दूरी पार गर्न करिव ९ देखि १० घण्टा समय लाग्दछ । याे पीठमा पुग्न बसबाट काठमाण्डाै-विर्तामाेड-ताप्लेजुङ हुदै र हवाइजहाजबाट काठमाण्डाै-सुकेटार (ताप्लेजुङ एयरपाेर्ट) हुदै जानु पर्दछ ।

भगवतीकाे सङ्क्षिप्त परिचय –
यी भगवतीलाई श्री पाथिभरामाईको डनामले चिनिन्छ । पाथीमा चूली पारेर अन्न भरेजस्ताे अाकृति भएकाे डाँडामा यी भगवतीकाे निवासस्थान रहेकाेले उहाँलार्इ पाथिभरा नामले पुकारिएकाे हाे । यी भगवतीलाई पाथिभरा, अन्नपूर्णा, दुर्गा एवम् पञ्चकन्या नामहरूले पुकारिन्छ । यहाँका अादिवासी किरात लिम्बू जातिले श्री पाथिभरामार्इलाई ‘मुक्कुमलुङमा’ नामले पुकार्दछन् । यी भगवतीका पाँच रूपहरू छन् । ती रूपहरूलार्इ भगवतीका पाँच दिदी बहिनी अर्थात पञ्चकन्यादेवीकाे रूपमा पूजिन्छ । पञ्चकन्या देवीहरू रक्तकाली, ब्रजकाली, भद्रकाली, मङ्गलाकाली र सिद्दकाली हुन् ।

भगवतीकाे निवासस्थान (मन्दिर) खुल्ला अाकाश मुनि रहेकाे छ । मन्दिरलाई ढुङ्गाकाे पर्खालले घेरिएकाे छ । यस स्वयम्भूपीठमा भगवतिकाे मूल प्रतिकस्वरूप प्रस्तर मूर्ति (दिव्यशीला) र त्रिशूलहरू रहेका छन् । यहाँ महामाया दुर्गाभगवतीकाे प्रतिकस्वरूप सुन्दर मूर्ति स्थापना गरिएकाे छ । भगवतीकाे प्रतिकस्वरूपसँगै अनेक देवदेवताका प्रस्तर र शीलामूर्ति एवम् असङ्ख्य घण्टी र त्रिशूलहरू रहेकाछन् । यस शक्तिपीठ परिसरमा गणेश, पञ्चकन्या, कुमारी, नागकन्या, सिमेभूमे, इन्द्रराजा, दिब्येश्वर महादेव, सरस्वती, एक्लेशिकारी अादि देवदेवताका मूर्तिहरू स्थापना गरिएकाछन् । भनिन्छ यी भगवतीकाे मूल निवासस्थान याे पीठ भन्दा करिव अाधा किलाेमिटर तल रहेकाे अनकन्टार पहराेकाे गुप्त गुफामा रहेकाे छ । जनश्रुति अनुसार हरेक अाैंशी, पूर्णिमाकाे रात उक्त गुफामा बाजागाजाहरूकाे मधुर स्वरमा भजन कीर्तन गरेकाे जस्ताे अावाज सुनिन्छ ।

भगवतीकाे उत्पती कथा –

किम्वदन्ति अनुसार पहिले यस क्षेत्रमा प्रसस्त भेडीगाेठहरू थिए । गाेठालाहरू अाफ्ना भेडा-च्याङ्ग्राहरूलाई बर्खामासभर यस देवस्थल क्षेत्र अासपासमा रहेका खर्कहरूमा चराउन ल्याउथे र दशैँ लागेपछि अाैलाे (घर) तर्फ झार्दथे । यसरी नै उनिहरूका पुस्ताैं विते । एकदिनकाे कुरा हाे, बडादशैँकाे नाैरथा सुरू भइसकेकाे थियाे, गाेठालाहरू भेडाकाे बथान लिएर घर फर्कन अातुर थिए । साे क्रममा उनिहरूले अाफ्ना भेडीगाेठहरूलाई सिद्दिलेकबाट सार्दै-सार्दै याे स्थानमा ल्याइपुर्याए । यस्तैमा साँझ पर्नलाग्याे र उनिहरूले अा-अाफ्ना भेडाहरूलार्इ चाेक (भेडा थन्क्याउन ढुङ्गाकाे पर्खाल लगाएर बनाइएकाे खुल्ला खाेर) मा खर्क्याई खानापिन गरेर सुते ।

दिनभरकाे थकाईले लखतरान परेका गाेठालाहरू भुसुक्क निदाए । उता एकजना गुरूङ बुढालाई भने अकस्मात निन्द्राले छाेड्याे । निन्द्राले छाेडेपछि उनले कम्मरमा खुकुरी भिरे र भेडाहरू के-कस्ताे अवस्थामा बसेकाछन् भन्ने बुझ्न गाेठबाट बाहिर निस्केर चाेकतर्फ नजर डुलाए तर उनले चाेकमा एउटा पनि भेडा देखेनन् । यस्ताे घटना देखेर अाश्चर्यचकित भएका गुरूङ बुढाले गाेठमा फर्केर सवै गाेठालाहरूलाई उठाई चाेकबाट सवै भेडाहरू गायव भएकाे कुरा सुनाए । एकछिन त गाेठालाहरूले उनकाे कुरा पत्याएनन् परन्तु गाेठबाट बाहिर निस्केर हेरेपछि उनिहरूलाई गुरूङ बुढाकाे कुरा पत्याउन कर लाग्याे ।

image

अाफ्ना भेडाहरू बाघ-भालुले खाए की ? साेक्पाले लग्याे की ? चाेरहरूले पाे चाेरे की ? भनेर गाेठालाहरू चिन्तित भए । यस्तैमा उनिहरू सवैजना मिलेर हाहा .. हाेहाे .. गर्दै भेडा खाेज्न निकैवेर वनपाखा चहारे तर उनिहरूले एउटा पनि भेडा फेला पार्न सकेनन् । त्यसपछि थाकेर हैरान भएका गाेठालाहरू पुनः गाेठमा अाएर सुते । यसपटक चाहिँ गुरूङ बुढा पनि गहिराे निन्द्रामा परेर सपना देख्न थालेछन् । सपनामा सुवर्ण समान तेज भएका पाँचजना कन्याहरू छमछम नाच्दै अाएर गुरूङ बुढालार्इ भनेछन् ‘हामी पञ्चकन्यादेवी हाैँ, हामी यहिँ मुनिकाे अाेडारमा निवास गर्छाै, हामिले तिम्रा सवै भेडाहरूलाई त्यहिँ लुकाएर राखेका छाै, यदि तिमीले भाेली विहान सवेरै उठेर चाेखाेनिताेभइ हामीलाई दुईवटा थुम्बा (भाले भेडा) काे भाेग चढायाै भने तिमीहरूका सवै भेडाहरू फिर्ता हुनेछन् र तिमीहरूलार्इ समेत शुभ हुनेछ अन्यथा तिमीहरूले याे भन्दा ठूलाे अनिष्ट ब्याेहाेर्नु पर्नेछ ।

यति भनेर ती कन्याहरू त्यहाँबाट अलप भएछन् । यस्तैमा ती गुरूङ बुढा पनि निन्द्राबाट ब्यूझिएछन् । उज्यालाे भएपछि गुरूङ बुढाले सवै गाेठालाहरूलार्इ अाफ्नाे वरिपरी राखेर रातमा देखेकाे सपना कहेछन् । उनकाे कुरा सुनेर ती गाेठालाहरूले यसै स्थानमा देवीभगवतीकाे प्रतिकस्वरूप शीलामूर्ति स्थापना गरी त्यहाँ गाेठै पिच्छे दुई-दुई वटाका दरले थुम्बा भेडाकाे बली चढार्इ पञ्चकन्या भगवतीकाे श्रद्दाभक्तिपूर्वक पूजा अारधना गरेछन् । उता पूजा गरिसक्दानसक्दै उनिहरूका सवै भेडाहरू चाेकमा फर्केर अाएछन् । त्यसपछि ती गाेठालाहरूले याे कुरा गाउँघरमा सुनाउदै हिडेछन् । एककान दुईकान हुदै याे कुरा जताततै फैलियाे त्यसपछि यी देवीभगवतीलाई समस्त जगतले चिने र टाढा-टाढाबाट उनकाे दर्शन गर्न भक्तजनहरूकाे अाेइराे लाग्न थाल्याे । भक्तजनहरूसँग प्रसन्न हुनुभएकी भगवतीले पनि उनिहरूकाे मनाेकामना पूर्ण गराउदै जानुभयाे ।

पूजा विधि –

यी भगवतीलाई धूप, दीप, नैवेद्य फूल, फलेदाे, साैभाग्य सामग्रीकासाथ भेडा, बाेका, पाठी, राँगा, परेवा, कुखुरा, हाँसकाे अण्डा अादि चढाएर श्रद्दाभक्तिपूर्वक पूजाअारधना गरिन्छ । जमिनमा भगवतीकाे सेवामा बली चढाएका पशुपंक्षीहरूकाे रगत जमेकाे देखिदैन । जनश्रुतिअनुसार भगवतीलाई चढाएकाे रगत भित्रभित्रैबाट पहराेकाे गुफामा रहेकाे भगवतीकाे वासस्थानमा पुग्छ । यी भगवतीलाई चढाएकाे भेटी, द्रव्य कसैले टिपेर लानुहुदैन, लगेमा त्यस्ता ब्यक्तिहरूले ठूलाे अनिष्ट ब्याेहाेर्नु पर्दछ भन्ने मान्यता रहेकाे छ ।

कस्ता मानिसले यी भगवतीकाे दर्शन गर्दा अशुभ हुन्छ ?

रजश्वला भएकी नारी, जूठाे सुतक परेका मानिसहरू, गर्भवती महिला, बरखी बारेका मानिस, लाेभी, पापी, ब्यभिचारी, दूराचारी, नास्तिक अादि ब्यक्तिहरूले यी भगवतीकाे दर्शन गर्न अशुभ हुन्छ भन्ने मान्यता रहेकाे छ ।

तीर्थयात्रीले साथमा बाेक्नुपर्ने सामग्रीहरू के के हुन् ?
याे शक्तिपीठ उच्च पहाडमा रहेकाेले यहाँ अाउने तीर्थयात्रीहरूलाई लेक लाग्न सक्दछ । तसर्थ तीर्थयात्रीहरूले अाफ्नाे साथमा बर्सादी, छाता, लाैराे, टर्च, लाइटर, लेकाली लसुन, मकैकाे सातु, हरियाे खाेर्सानी, प्रसस्त पानी (ताताे), लेक नलाग्ने अाैषधी, दम, मुटु र ग्याष्ट्रिकका राेगीहरूले नियमित खाने अाैषधीहरू, सिटामाेल, खानेकपुर, खानेकुरा र न्यानाे कपडाहरू बाेक्नुपर्दछ । दम र मुटुका राेगीहरूले याे तीर्थयात्रा नगर्नु नै उचित हुन्छ । यात्रामा लामाे समय लगाउनु हुदैन । यात्रामा साथीलाई छाेडेर एक्लै हिड्नु हुन्न ।
महामाया श्री पाथिभरामाईको जय हाेस् !
समस्त भक्तजनहरूकाे जय हाेस् !
समस्त लाेककाे जय होस् !

(लेखन अरुण उपत्यका लोक सॉंस्कृतिक अनुसन्धान केन्द्र नेपाल का अध्यक्ष,बरिष्ठ संस्कृतिकर्मी तथा गायक हुनुहुन्छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv