प्रचण्डका छोरा प्रकाश फेरी विवादमा तानिए : आईजिपी बनाउँछु भन्दै रकम असुल्दै, प्रचण्ड पुत्र,यस्तो रहेछ भित्रि खेल ,यसरि भयो प्रदाफास ,पढ्नुहोस पुरा समाचार
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई फाल्ने केही एआईजीहरुको ‘गेम’ असफल भएपछि नेपाल प्रहरीमा भावी आईजीपीका लागि डिआईजीहरुको ‘रेस’ सुरु भएको छ । आईजीपी नियुक्तिको ‘रेस’मा देशका ठूला दलालहरुसमेत सक्रिय भएका छन् । अबको ठिक ७० दिनपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अनिवार्य अवकाश पाउ“दैछन् । सरकारले अनुमति दिए उनी एक महिना पहिले नै बिदामा बस्ने तयारीमा छन् । जसअनुसार अबको करिब एक महिनाको अवधिमा सरकारले नया“ आईजीपी चयन गर्नुपर्ने हुन्छ । आईजीपी फेरिने अवधिसम्म प्रचण्ड नेतृत्वकै सरकार रहने देखिएको छ । जसकारण आईजीपीका दाबेदारहरु यतिबेला वालुवाटार धाउन व्यस्त छन् । विभिन्न दलालहरुलाई लिएर डिआईजीहरु बालुवाटार धाउन व्यस्त रहेको बालुवाटार स्रोत बताउ“छ । डिआईजीहरु नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी नेपाल प्रहरीको २५ औं आईजीपीका दाबेदार हुन् । पछिल्लो समय उनीहरुले कार्यालयमा भन्दा विभिन्न रेष्टुरेन्ट र नेताहरुको घरमा बढी समय बिताउन थालेको स्रोतको भनाइ छ । तेस्रो नम्बरमा रहेका डिआईजी चन्द कांग्रेस सभापति शेरबहादुर देउवास“ग सुदूरपश्चिमको साइनो जोडेर आईजीपी हुने दाउमा छन् । यातायात मन्त्री रमेश लेखक उनका सबैभन्दा भरपर्दा नेता हुन् । लेखकमार्फत् उनले देउवालाई रिझाएका छन् । पहिलो नम्बरमा रहेका डिआईजी सिलवालको पनि देउवास“ग राम्रँे सम्बन्ध छ । दोस्रो नम्बरका डिआईजी प्रकाश अर्यालको भने गृहमन्त्री विमलेन्द्र निधिस“ग राम्रँे सम्बन्ध छ । यद्यपि सिलवाल र चन्दले पनि निधिस“ग सम्बन्ध विस्तार गरिसकेका छन् । आईजीपी नियुक्तिमा विभिन्न दलालहरुले वालुवाटारमा चलखेल सुरु गरेका छन् । प्रचण्डलाई भेटाउन कोही माओवादी केन्द्रका नेताहरु सिलवाललाई त कोही चन्दलाई लिएर जाने गरेको स्रोत बताउ“छ । प्रधानमन्त्रीपुत्र प्रकाश दाहालले त एक डिआईजीलाई आईजी बनाइदिने भन्दै आर्थिक सहयोग लिन थालिसकेका छन् । दोस्रो नम्बरमा रहेका डिआईजी अर्याललाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सहयोग गरेको उच्च प्रहरी अधिकारी बताउ“छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की निलम्बनमा परेपछि उनी केही निराश भएको बताइन्छ । कार्कीस“ग उनको राम्रँे सम्बन्ध थियो । चौथो नम्बरका डिआईजी बमबहादुर भण्डारी भने अन्य तीन डिआईजीको तुलनामा नेताहरुको कम चाडकीमा लागेका छन् । यद्यपि आफ्ना चिनजानका नेताहरुमार्फत् उनले लबिङ भने गरिरहेका छन् । चार जना डिआईजीबीच यसपटक चर्काे प्रतिस्पर्धा रहेकाले आईजीपी बढुवामा ठूलो आर्थिक चलखेल हुने आ“कलन गरिएको छ । प्रधानमन्त्री र गृहमन्त्री पनि पैसाकै आधारमा निर्णय गर्ने प्रवृत्तिका व्यक्ति भएकाले आईजीपी बढुवाको खेलमा दलालहरुले चलखेल गर्ने मौका पाएका हुन् । आईजीपी बढुवामा केहीले त बिदेशी दूतावासका अधिकारीहरुमार्फत् समेत लबिङ गर्न थालेको स्रोत बताउ“छ । आईजीपी बढुवाको दौड अघि बढ्दा प्रहरीमा गुटबन्दी पनि बढेको छ । चारै जनाले आफू निकट प्रहरी अधिकारीमार्फत् लबिङ गरिरहेका छन् । उनीहरु १३ महिना मात्र रहने भएकाले त्यसपछि आईजीपीका दाबेदार एसएसपी सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की पनि अहिलेदेखि नै दौडधुपमा लागिसकेका छन् । दृस्टी साप्ताहिकमा आज खबर छापिएको छ |
Post a Comment