Latest Updates :

लक्ष्मी परियारको पोष्टमार्टम रिपोर्ट छोराकै बयान अनुसार;;हेर्नुस अडियो भिडियो>>


SHARE THIS POST :

काठमाडौं, १ पुस । काभ्रे सानो वाङ्थलीकी लक्ष्मी परियारको शरीरभरि एकै नासको चोटपटक भेटिएका छन्। मृत्युको सातौ दिन भएको पोष्टमार्टम रिपोर्ट भन्छ- शरीर थिलथिलो हुने गरी कुटिएको छ, उनको मृत्युको कारण कुटाइबाहेक अरू केही होइन।’ शिक्षण अस्पताल फरेन्सिक विभागका प्रमुख डा. हरिहर वस्तीका अनुसार मृतक लक्ष्मीका शरीरभरी एकै किसिमको चोट र निलडाम छन्। उनको शरीरको छाला कोतरिएको, टाउकोमा कुटेको डाम, घाँटीमा पनि डाम देखिएको छ। ’

मृत्यु लगत्तै पोष्टमार्टम गरिएको भए धेरै कुरा भन्न सकिन्थ्यो। सात दिनमा शव धेरै विग्रिसकेकाले धेरै कुरा रिपोर्टमा दिन सकिदैन,’ डा. वस्तीले भने। ३३ वर्षीया लक्ष्मीलाई अघिल्लो मंगलबार स्थानीय शिक्षकको नेतृत्वमा नाम्लोले बाँधेर मलमुत्र खुवाएको थियो। छातीमा लात्तीले र टाउकोमा चिर्पटले हानेको भन्दै मृतकका छोरा र प्रतक्ष्यदर्शीले बयान दिएका थिए। नयाँ पत्रिका दैनिकमा खबर छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv