Latest Updates :

अब पुरुषका लागि गर्भनिरोधक सुई , कसरी सम्भव भयो यो ? (भिडियोसहित)


SHARE THIS POST :
एजेन्सी – पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो । अमेरिकी अनुसन्धानकर्ताले २ सय ७० जना पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग गरेका थिए जसमा जम्मा ४ जनाका श्रीमतीले मात्रै अनुसन्धानका क्रममा गर्भधारण गरेका थिए । यस इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावकारी मानिएको छ । विगत २० वर्षदेखि पुरुष गर्भनिरोधक साधनका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले कुनै पनि साइड इफेक्टबिनै पुरुषमा शुक्राणु उत्पादन कम गर्नेबारे खोज गरिरहेका छन् ।पुरुषमा शुक्राणु उत्पादन लगातार हुने गर्दछ भने वीर्यमा हुने झण्डै साढे १ करोड शुक्राणुलाई घटाएर १० लाख प्रतिमिलिलिटरसम्म ल्याउन हार्मोन आवश्यक हुन्छ । अध्ययनमा संलग्न पुरुषलाई ८ हप्तासम्म प्रोजेस्टेरोन तथा अर्को एक प्रकारको टेस्टोस्टेरोन हार्मोन दिइएको थियो भने ६ हप्तासम्म निगरानीमा राखिएको थियो । फलस्वरुप उनीहरुको वीर्यमा शुक्राणुको संख्या घटेर १० लाख प्रति मिलिलिटर पुगेको थियो । गर्भनिरोधक सुईको प्रयोग रोकेपछि उनीहरुमा शुक्राणुको उत्पादन पहिलेकै अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् । पुरुष गर्भनिरोधक सुईको उत्पादनका लागि यो अध्ययन सहयोगी भएको भन्दै अनुसन्धानकर्ताले अझै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv