Latest Updates :

दमकबाट काठमाडौं आउँदै गरेको सुमो दुर्घटना, २ को मृत्यु


SHARE THIS POST :
काठमाडौं, मंसिर २६ (सेतोपाटी)
तस्बिरः पत्रकार मधुसुधन गुरागाई/फेसबुक
काभ्रेको भैसेपाटीमा टिपरले टाटासुमोलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ। ५ यात्रु घाइते भएका छन्।
दमकबाट सिन्धुली हुँदै काठमाडौं गइरहेको टाटा सुमो जीपलाई आइतबार बिहानै टिपरले ठक्कर दिँदा सुमो खेतमा पल्टिएको थियो।

बा ४ ख ३५५६ नम्बरको टिपरले मे १ ज २१९१ को जीपलाई ठक्कर दिएको हो।
मृत्यु हुने यात्रुहरुको सनाखत हुन सकेको छैन। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुकदेव खनालले जानकारी दिए।
घाइतेहरुको उपचारका निम्ति शीर मेमोरियल अस्पताल बनेपा लगिएको छ। घटना बिहान करिब ५ बजे भएको हो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv