Latest Updates :

बर्षकै यता सस्तो भयो आन्तरिक हवाइ भाडा , अब कहाँ पुग्न कति ? (सूचीसहित)


SHARE THIS POST :
लाइट नेपाल मिति : Wednesday, December 7th, 2016
काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएपछि वायुसेवा सञ्चालक संघले बुधबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो ।

सञ्चालक संघको  बसेको बैठकले हवाइ भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ९० रुपैयाँ घटाइएको छ भने सबैभन्दा टाढाको गन्तव्य धनगढीमा ३१० रुपैयाँ कम भएको छ ।
यसैगरी, काठमाडौंबाट विहानको समयमा हुँदै आएको माउन्टेन फ्लाइटको भाडा पनि ३०० पनि घटाइएको छ ।

निगमले पछिल्लोपटक हवाइ इन्धन आन्तरिक उडानतर्फ प्रतिलिटर ८ रुपैयाँ घटाएर ८६ रुपैयाँ कायम गरेको थियो । यसअघि असारमा पनि निगमले हवाइ इन्धनको मूल्य घटाउँदा पनि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका थिए ।

संघले प्रतियात्रु प्रतिमिनेटका दरले गन्तव्यका आधारमा भाडा घटबढ गर्ने गरेको छ ।

capture


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv