एजेन्सी । अभिनेत्री कटरिना कैफ र रणवीर कपूरको ब्रेकअपले सिनेमा जग्गा जासुसलाई ठूलो घाटा लाग्ने सम्भावना देखिएको छ ।
चार बर्ष पहिले देखि निर्माण सुरु भएको सिनेमाको सुटिङ कटरिना र रणवीरको ब्रेकअपका कारण बल्लतल्ल पूरा भएको थियो ।
जसोतसो सुटिङ त सकियो तर फिल्म प्रमोशनमा भने समस्या हुने भएको छ ।
निर्माताको रुपमा सबैलाई फिल्मको बारेमा जानकारी होस् भन्ने हेतुले रणवीर फिल्मको प्रचार प्रसारमा लाग्ने सोचमा छन् भने कटरिनाले फिल्म प्रमोशनको लागि समय दिन ईन्कार गरिरहेकी छिन् ।
कटरिना यतिबेला २०१७ को फेब्रुअरी महिनादेखि सुटिङ सुरु हुने सिनेमा टाईगर जिन्दा है को तयारीमा छिन् ।
सलमानको फिल्मका लागि मेहनत गरिरहेकी कैट रणवीरको फिल्मलाई भने बेवास्ता गरिरहेकी छिन् ।
जग्गा जासुस २०१७ को अप्रिलमा रिलिज हुँदैछ ।
Post a Comment