Latest Updates :

होशियार : यी ५ बानीले कहिल्यै सफल बन्न दिदैँन !


SHARE THIS POST :

जो कोहीलाई सम्पन्न र सफल बन्ने चाहाना हुन्छ । प्रसस्त पैसा होस्, जे चाहानुहुन्छ त्यही उपलब्धहोस् भन्ने चाहाना हुन्छ । कहिलेकाँही सक्दो प्रयास गर्दा पनि सफल बन्न सकिदैन । कतै यी ५ खराब बानी तपाईभित्र त छैन, जसले अघि बढ्न दिइरहेको छैन ? नीतिशास्त्रमा मानवका केही गुण र अवगुणका बारेमा भनिएको छ । यदि कुनै व्यक्ति धनी घरानामा जन्मिएको छ । यी पाँच खराब बानीले आफ्नो सम्पति आफैँ सिध्याउँने बताइएको छ ।

 –नीतिशास्त्रमा अल्छि व्यक्तिलाई सबैभन्दा ठूलो शत्रु मानिएको छ । जो व्यक्ति कर्म गर्नभन्दा शरीरलाई आराम दिनमा बढी समय खर्च गर्छ उसँग लक्ष्मीदेवी रहन्नन् ।

 –व्यक्ति मदिरापानमा डुबेको हुन्छ, जति कमाए पनि लक्ष्मी साथमा बस्दिनन् । यस्ता व्यक्तिले आफ्नो पूर्वजको सम्पिति जोगाउन पनि नसक्ने हुन्छन् ।

 –परस्त्री वा परपुरुष कुनै पनि परिवारका लागि नाश मार्ग रहेको बताइन्छ । पौराणिक कथामा देवी आहिल्यालाई देवराज इन्द्रले मान हरण गरे । जसले गर्दा इन्द्रले आफ्नो शक्ति गुमाउनु पर्यो । परस्त्रि वा परपुरुषले धर्तीमा गरेको पापको फल परलोमा भोग्नुपर्ने विश्वास गरिन्छ ।

 –दिउँसो सुत्ने बानीलाई शास्त्रमा नाशको संज्ञा दिइन्छ । जो व्यक्ति दिउँसो सुत्ने गर्छ उसको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने विश्वास गरिन्छ । भगवान श्रीकृष्णले पनि गीतामा भनेका छन्, कहिल्यै सफल हुँदैन जो धेरै वा कम सुत्छ ।

 –महाभारतको कथामा जुवा खेलेकै कारण पाण्डलले आफ्नो राज्य गुमाउनु परेको थियो । यति तपाई कुनै सट्टा वा लट्रीमा पैसा लगाउँनुहुन्छ भने यो पनि एक प्रकारको जुवा नै हो । यसले कहिल्यै राम्रो गर्दैन। ओएस नेपालबाट .

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv