Latest Updates :

आजको राशिफल, वि.सं. २०७३ मार्गशीर्ष २८ गते मङ्गलबार / २०१६ डिसेम्बर १३ तारिख =====


SHARE THIS POST :

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ । सम्झौता गर्नुपरे पनि अधिकार र।प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको।प्रक्रिया अघि बढ्नेछ । हाँकेका काममा सफलता।आर्जन गर्न सकिने छ । आर्थिक क्रियाकलापले दूरगामी फाइदा हुनेछ । चिन्तन र विचारका बलमा।समुदायमा आफ्नो साख जोगाउन सकिने छ । प्रशंसकहरूले साथ दिनेछन् । आजका लागि शुभअङ्क २।र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११
पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पारिवारिक भेटघाटको समय छ । विशेष।व्यक्तित्वलाई भेट्ने मौका आउला । प्रतिष्ठित।कामले आत्म–विश्वास बढाउनेछ । पठनपाठनमा प्रगति हुनेछ । स्वादिष्ट भोजनको अवसर मिल्नेछ ।
सहयोगीहरूले सकेको सहयोग गर्नेछन् । शुभचिन्तकको दृष्टि पर्नाले ताकेको काममा सफलता आर्जन हुनेछ।। विभिन्न अवसरले पछ्याउने छन् । उचित काममा सही निर्णय लिन सकिने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म।गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १०।पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अप्रिय समाचारले दुःखी तुल्याउने छ । पढाइलेखाइमा बाधा पुग्नेछ, त्यस्तै बन्दव्यापार र
रोजगारीका क्षेत्रमा पनि सोचेको फाइदा उठ्ने।सम्भावना छैन । नयाँ योजना कार्यान्वयनमा।कठिनाइ हुनेछ । समयमा होश नपुग्नाले खर्च मात्र।हुनेछ । खर्च गरेर पनि त्यति फाइदा उठाउन
नसकिएला । प्रलोभन देखाउनेहरूले फसाउन सक्छन् ।।आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो।बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु।अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ।प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मिहिनेत र लगनशीलताको खाँचो छ । सरकारी वा।प्रशासनिक काममा विलम्ब हुनेछ । विभिन्न
भौतिक साधनहरू जुटाउने इच्छा जागे पनि आर्थिक।पक्ष बाधा बन्नेछ । गरेका कामबाट भनेजति लाभ।पाउन निकै खट्नु पर्नेछ । व्यापारमा सामान्य।फाइदा हुने नै दिन छ । तर योजनाबद्ध भई काम गर्न।सके समय उत्साहवद्र्धक रहेको छ । आजका लागि।शुभअङ्क ७ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै।शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ।नमः शिवाय यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न।नसकिएला । प्रतिष्ठा र पदको आश्वासन देखाउनेहरूले घात गर्नेछन् । आर्थिक लाभ नहुने।कामको जिम्मेवारी वहन गर्नुपर्ला ।
पढाइलेखाइमा समय दिन नसकिएला । व्यापारमा।पनि कमै फाइदा हुनेछ । तर निरन्तरको
कर्मशीलताका कारण रोजगारी र बन्दव्यापारको।क्षेत्रबाट प्रशस्त फाइदा जुटाउन सकिने छ । आजका।लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै।शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ । चिताएको काममा सफलता पाउनु
हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । घरायसी।सुखको अनुभूति हुनेछ । साथीभाइसित भेटघाट
हुनुका साथै मनोरञ्जनात्मक काममा संलग्न भइने छ ।।दाजुभाइ र दिदीबहिनीले दिएको सुझावलाई
पालना गर्दा लाभ प्राप्त हुनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै।शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ।नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९।पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सानातिना घरेलु काममै अल्मलिएर समय व्यतीत।हुनसक्छ, सचेत रहनु होला । काममा केही चुनौती।देखिए पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त।हुनेछ । सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले।चुनौतीहरूलाई पार लगाउन सकिने छ । गोप्य रहस्य।पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ ।।स्वास्थ्यमा अलि कमजोरी अनुभूति हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
व्यवसायको सिलसिलामा यात्रा हुनसक्छ, तर धनार्जन र रमाइलोका दृष्टिले ठूलो फाइदा जुटाउन
सकिंदैन । आफन्त र साथीभाइको सहयोग तथा हौसला प्राप्त गर्न गाह्रो हुन्छ । मनपर्ने भौतिक
साधन जोड्ने सिलसिलामा आर्थिक सङ्कटले तनाव सिर्जना गर्न सक्छ । दाम्पत्य जीवनमा निराशा
भए पनि अन्य परिवारजनको साथले उत्साहित भइनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले।हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि।आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ।प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
काममा अधिकारका चुनौती र प्रतिस्पर्धाको।सामना गर्नुपर्ला । शत्रुहरूको चलखेल बढ्नाले केही
विघ्नबाधा देखा पर्न सक्छन् । विवादले मन निराश।बनाए पनि निरन्तरताको मिहिनेत र परिश्रमका
कारण न्यून भए पनि उपलब्धी लिन सकिने छ ।।काममा तल्लीनता र दत्तचित्त हुनाले दाम्पत्य र
घरायसी जीवनमा उतारचढाव आउन सक्छ ।।व्यापारमा भनेजस्तो लाभ प्राप्त हुँदैन । आजका
लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै।शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा।०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
लगनशील भएमा मात्र सोचेको उपलब्धि प्राप्त।हुनसक्छ । प्रयत्न गरेका काम बिस्तारै भए पनि
सम्पादन हुनेछन् । पशुपालन तथा कृषि क्षेत्रबाट।सामान्य लाभ मिल्नेछ । बौद्धिक प्रतिस्पर्धामा
धेरै आशावादी हुनु हुँदैन । प्रतिष्ठित काम सम्पादन।गर्ने मौका छ, तर जस पाउन गाह्रो छ । सन्ततिका
समस्यामा ध्यान केन्द्रित हुनसक्छ । आजका लागि।शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै।शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ।घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त।हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
अशुभ चन्द्रमाको प्रभाव छ, काम बिग्रने डरले।सताइरहनेछ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ।। नजिकका साथीभाइ टाढिन सक्छन् ।।महत्वाकाङ्क्षी योजना गोप्य राख्नुहोला ।।यद्यपि कृषि तथा पशुबाट लाभ हुने समय छ ।।बिग्रिएको सम्बन्ध र पहिलेका कमजोरीलाई सुधार
गर्न सकिने छ । चिन्तन तथा एकान्तमा मन रमाउनेछ।। आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो।हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि।आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ।प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दाजुभाइ र बन्धुबान्धवको काममा सहयोग।लिन÷दिन सकिने दिन छ । उद्योग तथा
बन्दव्यापारमा प्रशस्त फाइदा मिल्ने समय छ ।।कमाएको धन सञ्चित हुनेछ वा पारमार्थिक
काममा लगानी गरिने छ । पुरानो समस्यालाई।निराकरण गर्ने उपाय सुझ्ने छ । घरायसी र दाम्पत्य
सम्बन्ध अनुकूल रहने छ । कृषि तथा पशुपालनको।क्षेत्रमा राम्रो मुनाफा आर्जन गर्न सकिने छ ।
आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो।हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय।श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

~ सर्वाधिकार(Copyright) © २००९ ' ज्योतिषसाथी ' - ज्योतिषसाथीको कार्यालय, इटहरी-१, सुनसरी,।नेपालमा सुरक्षित, लेखक/सम्पादक : कृष्णप्रसाद कोइराला l

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv