Latest Updates :

नेपालमा पतंजली आयुर्वेद खोल्ने योजनामा रहेका रामदेवको पतंजलीविरुद्ध मुद्दा, लाखौंको जरिवाना तोकियो


SHARE THIS POST :
एजेन्सी – नेपालमा पतंजलीको आयुर्वेदको स्थापना गरी १० हजार बढिलाई रोजगारी दिने योगगुरु रामदेवको घोषणा गरेको केही दिन नबित्दै उनको कम्पनीविरुद्ध ११ लाख भारु अर्थात् १७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
योगगुरु रामदेवको कम्पनी, पतंजली आयुर्वेद प्रा.लि.ले गलत नामाकरण, भ्रामक विज्ञापन र गलत प्याकिङरलेबलिङ गरेको आरोपमा उक्त जरिवाना रकम तोकिएको टाइम्स अफ इन्डियाले बताएको छ । अर्कैको कम्पनीले उत्पादन गरेको वस्तुहरुमा पतंजलीको लेबल राखेर, भ्रामक विज्ञापनको प्रवाह गरेको पुष्टि भएपछि हरिद्वार एडिसनल डिस्ट्रिक्ट मेजिस्ट्रेट (एडिएम) का न्यायाधिस ललित नरइन मिश्रले एक महिनाभित्र जरिवाना रकम बुझाइसक्नु पर्ने बताएका छन् । भविष्यमा कम्पनीले केही सुधार नगरे खाद्य सुरक्षा विभागलाई उचित कदम उठाउन निर्देशन दिएका छन् ।

एडिएमको अदालतमा सन् २०१२ नोभेम्बर मा पतंजलीविरुद्ध मुद्दा दर्ता भएको थियो । सन् २०१२ को अगस्ट १६ मा दिव्य योग मदिरमा राखिएको कम्पनीको नुन, मह, जाम, तोरीको तेल र बेसनको पिठोको गुणस्तरमा कमी भएको पत्ता लागेको खाद्य सुरक्षा विभागका इन्चार्ज योगेन्द्र पाण्डेले बताए । डिसेम्बर १ तारिखमा कम्पनीविरुद्ध जरिवाना तोकिएको यद्यपी, गत मंगलबार मात्रै यसविषयमा जानकारी सार्वजनिक भएको थियो । कम्पनीको गलत नामाकरणको विषयमा कुरा गर्दै पाण्डेले कम्पनीको विशेष उत्पादन भनिएको तोरीको तेल वास्तवमा राजस्थानस्थित एक कम्पनीले उत्पादन गरेको बताए । ‘पतंजलीले यसको स्विकार गर्दै यसबाट आफ्नो कम्पनीको लोगो हटाएको छ । यसलाई मध्यनजर गर्दै विभिन्न ६ मुद्दा गरी कम्पनीको जरिवानामा कटौती गरी ११ लाख भारुमा झारिएको छ,’ उनले बताए ।

साधारणतया गलत नामाकरणको विरुद्ध ३ लाख भारु, भ्रामक विज्ञापनको विरुद्धमा १० लाख र गुणस्तरमा कमी भएको पाइएमा ५ लाख जरिवाना तोकिने उनले जानकारी दिए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv