एजेन्सी । एउटा कुकुरको दाम कति पर्छ होला ? तपाई हजार होइन, लाखको हाराहारीमा सोच्दै हुनुहुन्छ भने पनि त्यो गलत हुनेछ ।
आयरल्याण्डका एक शिकारी कुकुरको मूल्य १० लाख यूरो अर्थात साढे सात करोड रुपैयाँ रहेको छ । क्लेयर्स राकेट नामक यो शिकारी कुकुर चोरी भएपछि यो प्रसङ्ग बाहिर आएको हो । टपरेरी काउन्टीको गोल्डन नामक ठाउँबाट आफ्नो प्रशिक्षक सँगै रहेको कुकुर चोरी भएको हो ।
कुकुर फेला पार्नेलाई ५४ हजार यूरो पुरस्कार घोषणा गरिएको थियो । प्रहरीले कुकुर चोरीमा संलग्न भएको आशंकामा चार जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको बीबीसीले जनाएको छ ।
प्रहरीका अनुसार कुकुरलाई भने सुरक्षित र सकुशल अवस्थामा फेला पारिएको छ । शिकारी कुकुरका विषयमा जानकार इयन फाच्र्युनले राकेट ग्रेहाउण्ड रेसिङमा सुपरस्टार मानिन्छ ।
Post a Comment