Latest Updates :

सर्पले टोकेर मरेको भन्दै नदीमा फालेको ४० वर्षपछि फ़र्किईन् एक महिला यस्तो छ कथा - See more at:


SHARE THIS POST :
भारत । कथा फिल्म जस्तै तर यथार्थ हो। भारतको कानपुरदेखि ४० किलोमिटर टाढा रहेको इनायत मझावनपुरकी विलासा देवी नाम गरेकी महिला गाउँका लागि मरिसकेकी थिइन्। गाउँलेले उनलाई ४० वर्ष पहिले मरेको भनेर नदीमा फालिदिएका थिए । तर ४० वर्षपछि विलासा देवीलाई जिवितै देखेर गाउँका सबै व्यक्ति चकित परे। डिसेम्बर २३ अर्थात शुक्रबार उनी गाउँमा पुगेर आफ्नो परिचय दिदा सबै जना छक्क परेका हुन्।

केही वर्ष पहिले विलासा देवीलाई सर्पले टोकेको थियो। गाउँलेले उनलाई मरेको ठानेर नदीमा बगाइदिएका थिए। तर गाउँलेलाई विश्वास थिएन की उनीहरुले जसको शव बगाएका थिए। उ जिउँदै घर फर्कन्छ भनेर ।उनी सबैलाई चकित पारेर ४० वर्षछि श्रीमान बिधनू तहसीलका साथ गाउँमा फर्किन । गाउँलेले जिउँदै बगाइदिएपनि कुनै व्यक्तिले उनलाई इलाहाबादमा नदीबाट बाहिर निकालेको उनी बताउछिन्। उनी तीन वर्षसम्म इलाहाबादस्थित नदी किनारमा रहेको एक मन्दिरमा बसिन्। त्यसपछि कन्नौजका राम सरण नाम गरेका व्यक्तिले उनलाई आफूसँग लिएर गए। केही वर्षपछि उनको भेट एक महिलासँग भयो । दुबै महिलाबीच कुरा हुँदै गएपछि विलासा देवीलाई पुरानो याद आउन थाल्यो । किनकी ति महिलाले विलासासँग सम्बन्धीत कुरा सुनाएकी थिइन्। ति महिलाले विलासाकी जेठी छोरी राम कुमारीको बारेमा बताएकी थिइन्। त्यसपछि उनले रामकुमारीलाई पनि यो कुरा बताइदिएकी थिइन्। पहिले त छोरी रामकुमारीलाई पनि विश्वास भएको थिएन्। तर सबै पुराना कुरा बताएपछि बल्ल विश्वास भयो।

महिलाको कुराले विलासा देवीलाई पुरानो याद सबै आउँन थाल्यो । उनको गाउँ, परिवार र बच्चा सबै कुरा उनले सम्झन थालिन्। त्यसपछि उनी आफ्नो गाउँ सम्झेर घर पर्किइन्। – बीबीसीबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv