Latest Updates :

पहिलो बिश्वयुद्द्मा जर्मनीको प्रस्ताव तत्कालिन राणाशासक हरुले मान्दिएको भय आज सिंगो भारत नेपालको अधिनमा रहने थियो - See more at:


SHARE THIS POST :

नेपालमा ब्रिटिस गोर्खा भर्ती केन्द्र र त्यहाँ जाने युवाहरुको विषयलाई लिएर बेलाबेला बहसहरु हुदै आएका छन् । नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा र कुशल शासक जंगबहादुर राणाले त्यसको विरोध गरेपनि राणाकालका पछिल्ला प्रधानमन्त्रीहरु वीरशम्शेर र चन्द्र शम्शेरहरुको उदारवादी नीतिले गर्दा गोर्खा भर्ती केन्द्रमा नेपाली युवाहरुको उल्लेख्य सहभागिता रहँदै आएको हो । नेपालीहरुले यो भर्तीकेन्द्रमा भर्ना भएर पहिलो र दोश्रो विश्वयुद्ध लगायतका अन्य थुप्रै युद्धहरु लडेका इतिहास छ ।


यद्यपि, नेपालले जहिल्यै बेलायतको पक्षमा रहेर मात्र युद्धमा सहभागि भइरह्यो । त्यसैले पहिलो विश्वयुद्धमा जर्मनीले नेपाललाई पठाएको पत्र अर्थात सो पत्रमा विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएमा भारतलाई नै नेपालले आफ्नो अधिनमा राख्न सक्ने सम्मको आश्वासन दिएको र नेपालमा विश्वयुद्धको प्रभावका सवालमा छोटो प्रसंगलाई समावेश गर्ने प्रयास गरिएको छ ।

इतिहासविद प्राध्यापक डां.नारायणप्रसाद संग्रौलाले लेखेका छन्– पहिलो विश्वयुद्धमा नेपालको बेलायतसँगको सहभागितालाई लिएर जर्मनी निकै रिसाएको थियो । नेपालसँग परम्परागत सत्रुका रुपमा रहेको बेलायतसँगै टाँसिएको देखेर जर्मनीका तत्कालीन प्रधानमन्त्री र भारतका अंग्रेज विरोधी नेताहरुले नै नेपालका राजालाई अंग्रेज भगाउ आन्दोलनको नेतृत्व लिन आग्रह गरे । तर त्यसबेलाका नेपालका प्रधानमन्त्री चन्द्रशम्शेरले भने त्यसको साटो अंग्रेजहरुको गुलामी गरिरहे र उल्टै बेलायतको पक्षमा जर्मनीको जासुसी गरिरहे । भारतीय स्वतन्त्रता संग्रामका नेता महेन्द्र प्रतापले बेलायतको साटो जर्मनीको पक्षमा गोर्खा सेनाहरु विश्वयुद्धमा सहभागी गराउन आग्रह गरेका थिए तर नेपालले वास्ता गरेन ।

सन् १८८८ मा जर्मनी, अष्ट्रिया र इटली एकातर्फ र बेलायत, फ्रान्स र रुसको अर्कोतर्फ भएको एलायन्स निर्माण भएको थियो । एलायन्स जारी रहेकै बेला अर्थात २६ वर्षपछि अष्ट्रियाका राजकुमार र उनकी पत्नीको बोस्नियामा भएको हत्याको विषयलाई लिएर सन् १९१४ जुलाई २४ मा प्रथम विश्वयुद्धको सुरुवात भएको थियो । त्यतीबेला विश्वयुद्धको विषयलाई लिएर विश्वनै आधा–आधा भएको थियो । नेपालमा भने राणाशासन विरोधी धार बजबुत हुँदै गएकोले राणाहरुले समर्थन गरेको बेलायत पराजय भइदिए हुन्थ्यो भन्ने मनोभावना विकास हुँदै गएको देखिन्छ । त्यसैबेला जर्मनीले नेपाललाई आफ्नो पक्षमा गोर्खा सेनाले युद्ध लडे, भारतबाट इष्ट इन्डिया कम्पनीको सरकारलाई धपाउन सकिने र भारत नेपालको अधिनमा आउने भन्दै रेडियो तरंगमार्फत पत्र समेत लेखेको थियो ।’ इतिहासविद संग्रौलाका अनुसार जर्मनीले रेडियो तरंगमार्फत पठाएको पत्र यस्तो थियोः

‘ब्रिटेन नेपालको परम्परागत शत्रु हो, यदि नेपालले युद्धमा अंग्रेजलाई साथ दियो भने नेपाली सेना जर्मनी सेनाको प्रहारबाट बच्न सक्ने छैनन् र यस विश्वयुद्धमा जर्मनीको अवश्य पनि जीत हुनेछ । त्यसकारण नेपालले जर्मनीलाई सहयोग गर्यो भने भारतबाट अंग्रेजहरु भाग्नेछन् अनि भारत पनि नेपालको अधिनमा हुनेछ ।’
त्यसर्थ, भारतकै अंग्रेज भगाउ आन्दोलनका नेता महेन्द्र प्रताप र जर्मनीका प्रधानमन्त्रीको आग्रहलाई नेपालले टेरेको भए र विश्वयुद्धमा जर्मनीको जित हाँसिल भएको भए, नेपालको नक्सामै ठूलो फेरबदल आउनसक्ने इतिहासविदहरुको दाबी छ । यी दुई कुराले नेपालको ऐतिहासिक मोड विपरित दिशातर्फ गएको समेत बताइन्छ । यद्यपि, पहिलो विश्वयुद्धमा जर्मन एलाइन्सको हार भयो र बेलायत पक्षले जित्न पुग्यो । त्यसको केही वर्षपछि मात्र भारतबाट अंग्रेजहरु बढारिएका थिए । नेपालको ब्रिटिस गोर्खा भर्ती केन्द्रमा जाने युवाहरुको क्रम भने अहिले पनि जारी छ । साभार कर्णाली खबर बाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv