मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – श्रमको उचित मूल्याङ्कन हुनेछ । गरेका कामबाट
प्रशस्त लाभ हुने समय छ । समय उत्साहवद्र्धक रहला । व्यापारमा प्रशस्त फाइदा हुनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ । नयाँ ज्ञान प्राप्त हुनेछ । दाम, नाम, इनाम हातपार्ने बेला छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट खासै लाभ पाउन सकिंदैन । लामो समयदेखि काम बन्न
नसकेकाले मनमा निराशा र वैराग्यका भावना।टुसाउन सक्छन् । यद्यपि सामाजिक दायित्व
बढ्नेछ । परिश्रम र मिहिनेतका बलमा प्रशस्त लाभ उठाउन सकिने छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु
लाभ हुनसक्छ । अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । आजका लागि
शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु।पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय।नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि
साँझमा शुभ कुराको सङ्केत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाट
हुने सम्भावना छ । आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन्, त्यसैले आफ्नै बुद्धि र बलको प्रयोग गरेमा अन्त्यमा सफलता प्राप्त गर्नु हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन्छ । अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ वा सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ । प्रयत्न गरे पनि परिश्रम निरर्थक हुनेछ । आश्वासन बाँड्नेको भर पर्नु हुँदैन, झुक्याउन सक्छन् । व्यावसायिक काममा खर्च बढ्नेछ । सवारीमा।सावधानी अपनाउनुहोला । आजका लागि।शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ।सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मनमा डर र चिन्ताले निवास गर्नेछ । बलजफ्तीले।चिताएको काम बिग्रन सक्छ । पुरानो सम्झौता
भङ्ग हुने सम्भावना छ । धैर्यसाथ बुद्धिको उपयोग।गर्दा बिस्तारै काम बन्नेछ । त्यसैले आत्मबल बढाएर।हिम्मतका साथमा काम गरेमा आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुनसक्छ । प्रेमको।बन्धन कसिने बेला छ । आजका लागि शुभअङ्क ३ र।शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा।यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
काममा अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ला । परदेश।वा दूरदराजका क्षेत्रबाट लाभ लिन सकिने छ ।
लेनदेनको कारणले विवाद आउने सम्भावना छ ।।विपरीत लिङ्गीहरूबाट पनि सचेत हुनुपर्छ ।
अनावश्यक दौडधुपमा समय बित्नेछ । फाइदाका।लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ ।
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन् । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो।भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि।आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८।पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सोच र विषयवस्तुप्रति मन केन्द्रित हुनेछ । गोपनीय ढंगले गरिएको कामबाट मनग्ये फाइदा हुनेछ । सुखद समाचारले अझ उत्साह बढ्नेछ । पढाइलेखाइमा।प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य
पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा।प्रशस्तै फाइदा हुने समय छ । गुरुजनको विशेष सहयोग।प्राप्त हुनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने।मौका छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग।गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा।यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस।मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज काम बिग्रने डरले सताइरहने दिन हो ।।सम्झौताले खिन्नता बढाउनेछ भने बुद्धिको सही
उपयोग हुन सक्दैन । लक्ष्य पहिल्याउने क्षमतामा।कमी आउने छ । परिवारजन तथा बन्धु–बान्धवबीच।सम्बन्ध चिसिन सक्छ । तर सतर्क भई व्यवहार।गर्नसके बिग्रिएको सम्बन्ध र विगतका।कमजोरीलाई सुधार गर्ने मौका छ । आजका।लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने।कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज।ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक।जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सहयोगीहरूले हात झिक्नाले पनि अप्ठ्यारोमा।परिएला । आर्जित धन खर्च हुनसक्छ । पहिलेको
समस्याले केही झमेला निम्त्याउन सक्छ ।।परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ ।
सफलता पाउन धैर्य गर्नुपर्ने समय छ । सहयोगीहरूले साथ दिनपाउने छैनन् । रोकिएका काममा
घोत्लिनु परे पनि पुनः प्रारम्भ गर्ने वातावरण बन्दैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा
हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा।जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय
श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ
प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
ठीक समयमा सही निर्णय लिन सकिने छ ।।कार्यसम्पादन गर्ने क्षमता बढ्नेछ । शत्रुले पनि
काममा साथ दिने परिस्थिति बन्नेछ । मोजमज्जा र रामरमाइलोमा धन खर्च गर्न मन
हौसिने छ । सोचेको काम उचित समयमा सम्पादन।गर्न सकिने र साख जोगाउन सकिने छ । व्यवसाय,।पेसा र पठनपाठनमा गरेको सानो मिहिनेतले।राम्रो प्रतिष्ठा आर्जन गर्न सकिने छ । आजका
लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो।भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि
आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा
लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।।लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ ।
मानसम्मानमा आघात पुग्न सक्छ । हिम्मतले काम।लिन नसक्दा केही पछि परिनेछ । योजनाअनुसार
अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन् । खानपानको अनियमितताले स्वास्थ्यमा समस्या।देखिएला । सहयोगीहरू कमै भेटिनेछन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक।जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने छ । टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ ।
व्यवसायमा लगानी बढाउन सकिने छ । स्वास्थ्यप्रति सतर्क रहनु पर्छ । भेटघाटमाअलमलिनाले नियमित काममा बाधा पुग्न सक्छ । चुनौती देखिए पनि स्वाभिमानको रक्षा गर्न।सकिने छ । दिगो आम्दानी हुने काम फेला पार्न।सकिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग।गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा।यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस
मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
~ सर्वाधिकार(Copyright) © २००९ ' ज्योतिषसाथी ' - ज्योतिषसाथीको कार्यालय, इटहरी-१, सुनसरी,। नेपालमा सुरक्षित, लेखक/सम्पादक : कृष्णप्रसाद कोइराला l
Post a Comment