जनवरी, सिड्नी । शनिवार सिड्नीस्थित म्याकडोनाल्ड रेष्टुरेण्टमा एक युवतीमाथि कुटपिट गरेको अभियोगमा पक्राउ परेका नेपाली युवा पवन श्रेष्ठले युवतीसँग माफी मागेका छन् ।
न्यूज सेभेनसँग कुरा गर्दै पवनले आफुमाथि पहिले आक्रमण भएको र आक्रमणकारी तिनै महिला भएको बिश्वासका आधारमा जवाफी आक्रमण गरेको दावी गरेका छन् ।
‘नत्र मैले एक निर्दोष महिलामाथि किन जाइलाग्नु ? उनी एक महिला हुन् र कसैकी छोरी पनि । म उनीसँग माफी माग्न चाहन्छु ।’ उनले आफु मानसिक रोगी नभएको बरु घटना भएका बेला आफुले मादक पदार्थ भने सेवन गरेको बताएका छन् ।
यो घटनाका कारण आफु लज्जित भएको र नेपाल फर्कादिन सक्ने त्रासका कारण हतास अबस्थामा रहेको बताएका छन् । यसअघिको समाचारमा उनी पर्यटक भिषामा रहेको भनिए पनि १९ बषिर्य पवनले आफु बिद्यार्थी भिषामा रहेको बताएका छन् ।
बोन्डीस्थित म्याकडोनाल्ड रेष्टुँरामा काम गर्ने श्रेष्ठले यो घटनापछि जागिर पनि गुमाएका छन् । जर्जस्टि्रटस्थित म्याकडोनाल्ड रेष्टुँरामा शनिवार भएको घटनामा उनी पक्राउ परेका थिए । हाल उनको पासपोर्ट जफत गरी धरौटीमा छाएकिो छ । उनलाई फेब्रुअरीमा अदालतमा पेश गरिने छ ।
Post a Comment